.

चर्चित मोडल गौतम गायक बने “झिल्के” नामक एल्वम सार्वजनिक..

चर्चित मोडल महेन्द्र गौतम यतिबेला गायक पनि बनेका छन । उनले भर्खरै मात्र आफ्नै आवाजमा रहेको गित सार्वजनिक गरेका छन । घिन्ताङ्ग डिजिटलको प्रस्तुति एवम चर्चित सर्जक एकनायारण भण्डारीको शब्द तथा संगीतमा “झिल्के” नामक एल्वम सार्वजनिक भएको हो ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खालेमा जन्मिएका गौतमको बाल्यकाल गाउमै बित्यो । स्कुल लेबलको पढाई जिल्लामै पढे, उच्च शिक्षा हाशिल गर्नका लागि काठमान्डौ आएका गौतमले पढाई संगै सङ्गीत यात्रा पनि सुरु गरे । सानै उमेर देखि नै गित सङ्गीतमा रुची राख्ने गौतम २०६६ साल देखि सङ्गीत क्षेत्रमा प्रवेश गरेका हुन ।
गौतमले सङ्गीत क्षेत्रमा प्रवेश गरेसंगै हाल सम्म २६० भन्दा बढी लोक दोहोरी र आधुनिक गितका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । नेपाली साँगितिक बजार प्रतिस्पर्धात्मक भएता पनि पछिल्लो समयमा सङ्गीत क्षेत्रमा लागेर कलाकारहरुलाई आफ्नो दैनिकी गुजार्न निकै कठिन भईरहेका बेला दिनानुदीन गित उत्पादनमा वृद्धि भने दोब्बर छ ।
दिनानुदिन नया कलाकार भित्रिनु उत्पादन भएका गीतहरुले बजार नपाउनु अहिलेको नेपाली सङ्गीत क्षेत्रमा केहि नौलो कुरा भने होइन । बजारमा अडियो चल्न छोडेको पनि धेरै समय भइसक्यो । यस्तो सम्म भयो कि गीतको भिडियो नबनाई गितहरु कुनै पनि मिडियामा बज्दैनन । तर पनि गित सङ्गीत क्षेत्रमा लाग्ने जमात धेरै नै रहेको गौतम बताउछन ।
हालै मात्र गौतमले बजारमा पस्किएको गीति एल्वम “झिल्के”को म्युजिक भिडियोमा चर्चित निर्देशक शंकर बिसी र चर्चित मोडल रन्जिता गुरुङको अभिनय रहेको छ । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन । राजेश घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन ।
Loading...
Share on Google Plus