उपचार खर्च नपाए पछी अस्पताल को तीन तला बाट हामफाली १८ बर्से युवाले गरे आत्महत्या

Loading...
शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले आत्महत्या गरेका छन् । अस्पतालको तीन तलामाथिबाट हाम फालेर दोलखा मालु घर भएका १८ वर्षिय विजय खड्काले आत्महत्या गरेका हुन् ।

दुईटै मिर्गाैला फेल भई उनी अस्पतालमा भर्ना भएका थिए । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकाले उनले आत्महत्या गरेको बुझिएको छ।

गम्भीर रोगकै कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी वृत्त महाराजगंजका इन्सपेक्टर सुरेन्द्र सिटौलाले बताए ।    
Loading...
Share on Google Plus