दोलखाका शिक्षकहरुले पार्टिको राजनिति नगर्ने भन्दै संयुक्त रुपमा राजिनामा बुझाए

Loading...
नेपाल शिक्षक महासंघ दोलखाको आयोजनामा जिल्लामा क्रियाशील रहेको पार्टि प्रमुखरुलाई शिक्षकहरुको पेशागत संगठनका प्रमुखहरुले संयुक्त  रुपमा पार्टीमा रहेका पदबाट  राजिनामा दिएको पत्र पढेर सुनाए ।काँग्रेस निकट नेपाल शिक्षक संघले आफ्ना शिक्षक सदस्यहरु अब पार्टीको कुनै पनि जिम्मेवारीमा नरेको बताए भने एमाले निकट शिक्षक संगठनका अध्यक्ष पदमबहादुर जिरेलले पनि एमाले पार्टीको सदस्यता त्यागेको बताए । त्यस्तै नेकपा माओबादी चन्द समुहको शिक्षक संगठनका अध्यक्ष केशब काफ्लेले आफुहरु पनि पार्टीको कुनै पनि पदमा नबस्ने जनाए ।भने नेकपा माओबादी केन्द्र निकट शिक्षकहरुको संगठनले भने आफुहरुले राजिनामा दिनै नपर्ने र अहिले पार्टी एकताले गर्दा हाम्रो पद उसै खोसीएको भन्दा राजिनामा दिने हल हाँसोले गुञ्जिएको थियो ।

केहि बर्ष अघि देखी नै शिक्षकहरुले राजनिति गर्न नपाइने भन्दै जिल्लाका केहि पत्रकारहरुले समचार सम्प्रेशन गरीरहेका थिए। दोलखामा रहेका कुनै पनि शिक्षकहरुले आज बाट पार्टिको राजनिति नगर्ने भएका छन् । शिक्षा मन्त्रालयले कुनै पनि शिक्षकहरुलाई राजनितिक दलको सदस्य बन्न नपाउने विद्ययक पारित भएसगै शिक्षकहरु पार्टिगत राजनिति गर्न बाट बञ्चित भएका थिए ।

Loading...
Share on Google Plus