.

तीजमा महिलाले टोक्ने दतिवनको फाईदा के थाहा तपाईलाई ?

दतिवन एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ।
विषेश गरेर यो हिन्दु धर्मावलम्वी नारीहरुले तिजमा प्रयोग गर्दै आएको पाईन्छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न हुन्छ । त्यहि भाद्र शुक्ल पञ्चमीका दिन महीला हरुले पुजा आजा गरि खोला वा नदीको छेउमा गई दतिवन चपाएर स्नान गर्ने गर्दछन् ।यस्ता छन् दतीवनका औषधीय गुण
काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुईरदुई गोली बिहानरदिउँसोरबेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानरबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
कण्ठमाला भएमा
दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।
औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।
काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुईरदुई गोली बिहानरदिउँसोरबेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
शरीर सुन्निएमा
दतिउनको चाररपाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहान र बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।
Loading...
Share on Google Plus