.

एकै पुरुषसँग प्रेम गरिरहेका थिए आमाछोरी, पर्दाफास भएपछि…

एजेन्सी। असोज ७, आमा र छोरी एकै युवकसँग प्रेम गर्थे । तर, यो कुराको पर्दाफास भएपछि छोरीले अकालमै ज्यान गुमाउनुपर्यो । उनकी आमाले नै उनलाई हत्या गरेर माथि पठाए । आफ्नो प्रेमीलाई छोरीले छोएको तथा प्रेम गरेको आमालाई मनपरेको थिएन् ।
त्यसैकारण उनले छोरीको हत्या फिल्मी स्टाइलमा गरिन् र प्रहरीका अगाडि आत्महत्या गरेको देखाइन् । यो घटना भारतको पञ्जाबस्थ्ति अबोहर इलाकाको हो । इण्डिया टुडेमा छापिएको समाचारमा एसपी नरेन्द्र पाल सिंहले मञ्जु नामकी महिला र उनका प्रेमी विजय कुमार उर्फ सोनूलाई १७ वर्षीय दीक्षाको हत्या र सबुत प्रमाण मिटाएको अभियोगमा पक्राउ गरिएको बताएका ।
घटना २४ मे को हो । त्यो दिन आमा मञ्जुले नै प्रहरीलाई दीक्षाले पिताको मृत्युपछि सम्पत्ति विवादमा आत्महत्या गरेको भन्दै सूचना दिइन् । सूचना पाएर घटनास्थल पुगेको प्रहरीले पायो कि दीक्षाको हातमा विजय नामको ट्याटु लेखिएको थियो र त्यहाँ एक सुसाइड नोट पनि फेला पारेको थियो । मञ्जुको वयानका आधारमा प्रहरीले ससुराल पक्षविरुद्ध मुद्दा दर्ता गरिसकेको थियो ।
तर, घटना ठ्याक्कै उल्टो पाइयो । मञ्जु र विजयको दोस्ती अक्टूवर २०१५ देखि फेसबुकबाट सुरु भएको थियो । यो दोस्ती विस्तारै विस्तारै माया प्रेममा बदलियो । र वैदेशिक रोजगारीका लागि साउदीमा रहेका विजय डिसेम्बरमै भारत फर्किए । त्यसपछि दुबै जना अबोहरको घरमा सँगै बसेर रोमान्स गर्न थाले र सम्बन्ध निकै गाढा भयो ।
त्यसैक्रममा विजयको सम्बन्ध मञ्जुकी छोरी दीक्षासँग बन्यो । छोरीले एकदिन विजयलाई आफ्नी आमासँग आपत्तिजनक अवस्थामा देखिन् । त्यसपछि आमा छोरीबीच प्रेमीको विषयलाई लिएर झगडा हुन थाल्यो । दीक्षाले आफ्नो प्रेम बढी देखाउनका लागि विजयको नाम आफ्नो हातमा ट्याटुमार्फत लेखाइन् । यो कुरा आमालाई भने मन परेन् ।
उनलाई यो कुराले निकै आक्रोशित बनायो र अन्तिममा दीक्षाको हत्या गरिन् । यो घटना लुकाउन विजयले पारिवारिक विवादलाई जोडेर सुसाइड नोट लेखिदिएर दीक्षा शव नजिकै राखिदिएका थिए । दुबै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चल्ने एसपी सिंहले बताएका छन् ।

- भारतीय सञ्चारमाध्यमको सहयोगमा
Loading...
Share on Google Plus