भारतसँग लड्न पाकिस्तानी सेनालाई अनुमति

Loading...
काठमाडौं, ५ असोज । कश्मिर आक्रमणपछि भारतले गरिरहेको तयारीलाई लिएर पाकिस्तानले पनि तयारी थालेको छ । एउटा प्रतिवेदन अनुसार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले अमेरिकाबाटै फोन गरी आफ्ना सेना प्रमुख राहील शरीफलाई भारतसँगको कुनै पनि कारवाहीका लागि पछि नहट्न आदेश दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि इस्लामावादबाट देशको उत्तरी क्षेत्रमा हुने सबै प्रकारका फ्लाइट रद्द गरिएको छन् । एयरफोर्सलाई पनि स्ट्याण्डबाइमा राखिएको छ । केही सडकहरुपनि खाली गरिएका छन् । आपतकालिन स्थितीमा यी सडकहरुमा वायु सेनाका जेट उत्रन सक्छन्, वा उडान गर्न सक्छन् । उता संयुक्त राष्ट्रसंघ आम सभामा आफ्नो भाषण दिन पाकिस्तानी प्रधामन्त्री नवाज शरीफ गइरहेका छन् । उता उनले कुन किसिमको भाषण दिने भन्ने कुरामा भारतले गहिरिएर हेर्ने बताइएको छ । नवाज शरीफले आफ्नो भाषण भन्दा पहिले आफ्ना सेना प्रमुख राहील शरीफसँग कुरा गरिसकेका छन् । दुबै जनाले भारतसँगको आवस्थाको लागि तैनाथ रहनेबारे कुरा गरेको बताइएको छ । रेडियो पाकिस्तानले ट्वीटरमार्फत पीएम नवाज शरीफले कश्मिरको विषय प्रमुखतासँग उठाउने बताएको छ । नवाज शरीफको भाषण पछि भारतको तर्फबाट विदेश मन्त्री सुष्मा स्वराजले पनि भाषण दिने र उनले पनि कश्मिर घटनालाई प्रमुखतासँग नै उठाउने भारतीय मिडियाहरुले लेखेका छन् । यस्तो अवस्थामा दुबै देशको स्थिती तनावपूर्ण हुने पक्का पक्की जस्तै भएको छ । source:dainiknepal
Loading...
Share on Google Plus