यु ए ई मा रहेका नेपालीलाई न्युजले भन्दा बढी नक्कली पत्रकारले त्रसाए

राजु खडका

यु ए ई मा अहिले नेपालीहरु बिच निकै छलफल भईरहेको छ। यु ए ई सरकारले सहयोगार्थ र सास्क्रिती कार्यक्रम गर्दा अनुमती लिउन पर्ने र संस्थाहरुलाई बैधानिक बनाउन दर्ता गर्नु पर्ने भन्ने खबर प्रकाशन गरे पछी खुल्लम खुल्ला कार्यक्रम गर्दै आएका नेपालका संघ संस्था हरु लाई अली अफ्ठ्यारो परेको छ। हुनत प्राय संघ संस्थाहरुले मानबिय सहयोगको लागि नै कार्यक्रम गर्ने गरेका थिय भने संस्थाहरु पनि दु:खहरुमा केही पल बिताउनको लागि चौतारीको काम गरोस भन्ने हेतुले खोलेका हुन र काम पनि त्यही हिसाबले गरेको सबैलाई जानकारी छ। 

अब के हुन्छ कसो हुन्छ कोट पाईन्ट लगाउने कता जान्छन, खादा र दोसल्ला कहाँ गएर ओडने, सोफामा को बस्ने कहाँ बस्ने जस्ता हजारौ बुदाहरुमा चर्चा गरे पत्रकार भन्नेहरुले तर उनिहरु बाट आफ्नो गाउ समाजमा सयौले नयाँ जीवन पाएका छन, अस्पातलको बेडमा मृत्‍यु पर्खिएकाहरुले सपना बोकेर घर फर्किएका छन, समाज सुधार र उन्नतीको मुहान खोल्दै गरेको सबैले एकाएक बिर्सिए। निती नियम भनेको समाज र राष्ट्रको अनुशासन हो त्यो त नेपाल होस या बिदेश जहाँ गए नि मान्नु पर्छ। 

बिशेष त केही अबसरबादीहरु जो पैसा र सम्मानको भोको छन उनिहरुलाई यु ए ई को संस्था दर्ता खबरले निद नै उडाएको जस्तो देखिन्छ तर जो सामाजिक काममा लागेका थिए र गरेका थिए उनिहरु निश्चिन्त छन र हुनु पनि पर्छ। अब बोल्नै नहुने, हिडनै नहुने, भाई साथी सँग भेटनै नहुने बर्बाद नै हुने भयो भनेर जुन अली अली जानेका पत्रकार भन्दिन मैले उनिहरुलाई नक्कली पत्रकार भन्ने गर्छु। किनकी उनिहरु आफ्नै तश्बिर न्युजमा राख्न रुचाउने आफ्नै भाषण र नामलाई पार्थमिकता दिने कार्यक्रममा निशुल्क जान पाईन्छ भनी पत्रकार म हो भन्ने मान्छे हुन अरुले हजुर पत्रकार हो भन्ने खाले मा पर्दैनन। 

आम नेपालीलाई मात्र हैन हरेकलाई जहाँ गए पनि समस्या आउछ मानबिय भावनाको सहयोग आर्थिक सहयोग गर्न नमिल्ने हैन निती नियम भित्र रहेर सजिलै सहयोग गर्न सकिन्छ। तर सामाजिक सन्जालमा आधा अधुरो काँचो कचिलो १,२ लाईनमा सबै समेटाने खोज्ने तर अर्थी नलाग्ने गरी पोस्ट गर्ने मलाई उचित लागेको छैन। हामीले एस्तो बेला के कसरी एकता हुन्छ कसरी कानुन र नेपालीलाई समेटन सकिन्छ, कसरी हिजो जस्तै सहयोगका हातहरु बढाउन सकिन्छ, कसरी जनचेतना फैलाउन सकिन्छ भन्ने बिषयमा छलफल र साहस दिनु पर्छ। कुनै पनि संस्थाको पदाधिकारीले नेपाल सरकार बाट तलब खाएर सहयोग गर्न खादा लगाउन यु ए ई आएको हैन आफुले दु:खले कमाएको पैसाले अरु कसैको जीवनमा पनि खुशी आउन सक्छ भनी गोजीमा हात र बिचारमा साथ दिने नेपालीहरुको कमी छैन त्यस्ता ब्यक्तीहरु लाई त्यस्ता अधुरा र टिका टिप्पणीका न्युजहरुले निरास बनाउछ र त्यस्तो गर्नु कुनै कुनै पनि पत्रकारको धर्म हैन।     

यु ए ई मा रहेका पत्रकारहरु पेशाले पत्रकार हैनन न त यु ए ई मा रहेका राजनीतिका भात्री संगठनहरु राजनितीको लागि हुन उनिहरु पनि सामाजिक काम मै लागेका छन तसर्थ समस्या र बढाउने चढाउने हैन, यता र उता औंला देखाउने हैन कि साथ हिम्मात र सुझाब पनि दिनु पर्छ भन्ने मेरो सोचाईका कारण मैले यो न्युज जस्तो लेख जस्तो हल्का बिचार  लेखेको हो। मेरो चाहना जहाँ जस्तो अवस्थामा भए पनि नेपालीहरुमा एकता हुनु पर्छ भन्ने मात्र हो।  
Loading...
Share on Google Plus