.

यु ए ई मा अहिले सम्म कै सबै भन्दा सस्तो टिकटदरमा अर्घाखाँची ले भब्य कार्यक्रम सम्पन्न गर्‍यो

बिभिन्न पेशा र रोजगारी गर्दै आईरहेका यु ए ई मा रहेका अर्घाखाँची बाशीहरुहरुको साझा चौतारी अर्घाखाँची संपर्क समिती यु ए ई दुबइ क्षत्रिय समितीले हिजो शुक्रबार महिलाहरु को बिशेष पर्व हरितालिकालाई आधार मानेर चाडबाड मिल्न उत्सब कार्यक्रम सपन्न गर्‍यो। 

नेपाली दिदी बहिनीहरु लाई नेपाली परिकारको खाना का साथमा घर को आगनमा जस्तो रमाईलो गर्ने मुख्य उदेश्य राखेको उक्त कार्य्रक्रम अहिले सम्म यु ए ई को सस्तो टिकटदर भएको कार्यक्रम मध्य पर्दछ। जम्मा २० दिराम टिकट दर राखेर भोजन सहितको कार्यक्रम यु ए ई पहिलो पटक अर्घाखाँची बाशीको साझा सन्थाले आयोजना गरेको हो जस्मा २४० जना उपस्थितीले थरि थरीका खाना को साथमा खिरको पनि बिशेष परिकार सहित को भोजन गरेका थिय। 

अर्घाखाँची संपर्क समिती यु ए ई दुबइ क्षत्रिय समितीका अध्यक्ष जे पि पोख्रेल को अध्यक्षता र संपर्क समितीका केन्द्रिय अध्यक्ष राजु खडका को प्रमुख आतिथ्यतामा औपचारिक् कार्यक्रम रामु गैरेले सन्चालन गर्नु भएको थियो। समाजसेवी कृष्ण गैरेको स्वागत मन्तब्य बाट शुरु भएको सो कार्यक्रम को साङेतिक यात्राा बसन्त घर्ती गर्नु भएको थियो। 

अर्घाखाँची जिल्ला का ख्याती प्राप्त स्वरका धनी करुन कुवर र बसन्त घर्ती, जमुना घिमिरे लगायत कलाकार हरु बाट स्वागत तिज गीत ले अर्घाखाँची जिल्ला लगाएत तिजको पल झल्काएको थियो। जब तिज को लहर शुरु भयो त्यस पछी उपस्थित दर्शकहरुले कम्मर मर्काई मर्काई छम छमी नाच्न शुरु गरिहाले। 

बिच बिचमा उपस्थित दिदीबहिनी हरुले गाउ घरमा जस्तो मादलको तालमा धुर्बतारा, सरर जस्ता तिज आगमन सँगका गीतहरु गाएर आफ्नै ठाउमा रहेको जस्तो महसुस गराएक थिए। त्यस्तै बिच बिचमा कलाकी धनी सन्ध्या सुस्केराले पनि आफ्नो निर्त्य अनी संगीतमा उपस्थ्तीहरुलाई निकै रमाईलो बनाएकी थियिन।   


कारीब चार लाख नेपाली दाजु भाईको जमघट भकेको यु ए ई मा हरेक हप्ता कार्यक्रमहरु को लाईन हुने गर्दछ। जिल्ला देखी लिएर गा बि स सम्मका राजनैतीक दल देखी लिएर बिभिन्न सामाजिक संघ सन्स्थाले भरिएको यु ए ई मा कार्यक्रम कस्तो होटेल र कुन कलाकार लिउद भब्य हुन्छ भन्ने मा सधैं होड बाजी हुने गर्छ। 

राहतको नाम बाट थेग्नै नसक्ने टिकट रेट राखेर अन्त्यमा हातमा जिरो लाग्यो जस्तो पनि यु ए ई मा नभएको हैन। तर पनि सामाजिक कार्यमा निस्वार्थ भावनाले लाग्ने हरुको पनि कमी छैन। 

सो कार्यक्रममा बिशेष अतिथीमा सोनु बि सि, बारीस्ठ सल्लाहकार रबिलाल खनाल, नारायण बि सि, रास अल खिमा छेत्रीय समितीका अध्यक्ष टामलाल पाण्डे, उपाध्यक्ष गुन्ज बस्नेत, कोसाध्यक्ष भुवन गैरे, माधब भुसाल सम्झना पाण्डे, ईनासका राम तमाङ, अर्घाखाँची संपर्क समिती यु ए ई का उपाध्यक्ष राम प्रशाद अधिकारी , बिष्णु पन्थी, सागर थापा, महासचिब चिरन के शि, सचिब घनश्याम ज्ञवली, कोसाध्यक्ष बिष्णु संसार, सह कोशाध्यक्ष अन्जु थापा, सदस्य लक्ष्मी बश्याल, शिर्जना के शि, ईश्वरी थापा, नारायण पोखेलको बिशेष को उपस्थिती थियो।  

आयोजक दुबई क्षेत्रका प्रेम श्रेष्ठ, गणेश श्रेष्ठ, प्रेम बहादुर खनाल, जगन्नाथ गैरे, बिष्णुलीलामणी खनाल, मोहन राजामाझी, रुकमणी बेल्बासे, प्रकाश पोख्रेल, बाबुराम भुसाल, चिरन खनाल, जीवन रायमाझी, गोपाल बि क् शान्ता गैरे , तेजेन्द्र कुवर लगयातका साथीहरु को सकृया भूमिका ले ब्यबस्थापनामा निकै सहज भएको थियो। अर्घाखाँची बाशीहरु एक हुँदै अझ एकता र सुख दु:ख को चौतारी बन्न सफल होस् भने केन्द्रिय अध्य्क्ष राजु खडका हामी जहाँ गए पनि एक अर्का सहकार्य गर्न सिक्नु पर्दछ भन्दै आफ्नो बिचार  राख्नु भएको थियो। 

अन्त्यमा कार्यक्रमलाई पूर्ण रुपमा भब्य र सब्य बनाई सफल बनाउन पुर्याएको महत्वपूर्ण योगदान को कदर गर्दै आयोजक दुबइ क्षेत्रका अध्यक्ष जे पि पोखेलले सबैलाई धन्यवाद दिनु भएको थियो। 
Loading...
Share on Google Plus