गगन थापालाई ठुलो सफलता, संसदीय समितिले गर्यो ३ करोड नेपाली खुसी पार्ने निर्णय

Loading...
काठमाडौं, २९ भदौ । शीर्ष नेता र पूर्व विशिष्टले राज्यकोषबाट पाउने उपचार खर्च रोक्न लागिपरेका स्वास्थ्यमन्त्री गगन थापालाई व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले साथ दिएको छ ।
Image result for गगन थापालाई ठुलो सफलता,
बुधबार बसेको समितिको बैठकले पूर्व विशिष्ट पदाधिकारीहरुलाई जथाभावी स्वास्थ्य उपचार खर्च नबाँड्न सरकारलाई निर्देशन दिएको छ । यो निर्देशनसँगै स्वास्थ्यमन्त्री थापा आफ्नो अभियानमा सफल हुने देखिएका छन् ।
यसअघि थापाले पूर्व उपप्रधानमन्त्री डा. तुलसी गिरीलाई उपचार खर्च दिने भनेर क्याविनेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले लगेको प्रस्तावलाई अस्वीकार गरी रोकेका थिए । उनले सबै नेपाली जनता विशिष्ट भन्दै राज्यकोषबाट उपचार खर्च दिन नहुने बताउँदै आएका छन् । साथै सबै विशिष्टहरुले स्वदेशमै उपचार गर्नुपर्नेमा उनको जोड छ ।
समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले उपचार खर्चका नाममा राज्यकोषबाट विशिष्टलाई जथाभावी पैसा नबाड्न सरकारलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार समितिले हरेक नागरिकको स्वास्थ्य बिमा गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यसैगरी समिति सदस्यहरुले सबै सांसदहरुलाई सरकारी अस्पतालमै उपचार गर्न आग्रह गरेका छन् ।
यसैगरी समितिले सरकारलाई विशिष्ट व्यक्तिहरुलाई रकम दिँदा एकद्वार प्रणालीबाट मात्रै दिन निर्देशन दिएको छ । अहिले विभिन्न मन्त्रालयले आफू खुशी उपचार खर्च दिँदै आएकोमा अबदेखि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको रायमा मन्त्रिपरिषद्बाट निर्णय गराउन निर्देशन दिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा र विभिन्न मन्त्रालयका सचिवहरु समेत सहभागी बैठकमा  स्वास्थ्य मन्त्री थापाले नेपालीहरुले स्वास्थ्य प्राप्त गर्ने विधेयक सम्बन्धि ड्राफ्ट तयार भइरहेको जानकारी गराए ।
दैनिक नेपालबाट

Loading...
Share on Google Plus