.

छक्का पञ्जाले जित्यो दर्शकको मन : हिजो ३३ लाख कलेक्सन आज करोड कारोबार गर्ने संकेत

ओपनिङ बिजनेश यस्तो
chakkaफिल्म छक्का पञ्जाले पहिलो दिन ३३ लाख ४८ हजारको सुखद ओपनिङ गरेको छ । यो ओपनिङ धेरै समय पछिको राम्रो ओपनिङ हो । फिल्मले मोफसलका ५७ वटा पर्दा बाट १३ लाख ५५ हजार र राजधानीबाट १९ लाख ९३ हजारको कारोबार गरेको हो । दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको यो फिल्मले दर्शकको वर्ड अफ माउथ समेत निकै राम्रो पाएका कारण आज शनिबारको ब्यापार थप आक्रमक हुने संकेत देखिएको छ । बिहानीको सोहरुमा देखिएको क्राउड हेर्ने हो भने आज पुरा दिनको कारोबार करिब १ करोडको छेकोमा पुग्ने हाम्रो अनुमान छ । फुल अन ईन्टरटेन्मेन्ट प्याकेज  रहेका कारण दर्शक सहित समीक्षकहरुले समेत फिल्मको रेटिङ राम्रो गरेका छन् । - 
Loading...
Share on Google Plus