खुशी को खबर! अब पुन श्रमस्वीकृतिका लागि लामो लाईनमा बस्न नपर्ने!

Loading...
वैदेशिक रोजगारमा गएका नेपालीहरुको पुन श्रमस्वीकृतिका लागि लामो लाईनमा बस्नु परेको गुनासो धेरै आएपछि अब श्रमस्वीकृतिका लागि चाहिने पैसा जुनसुकै बैंकबाट तिर्न सकिने भएको छ । यसका लागि नेपालका अधिकांश बैंकहरुसँग सम्झौता भइसकेको वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले जनाएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका कामदारले पुनः श्रमस्वीकृति लिँदा कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने पैसा जुनसुकै बैंकको जुनसुकै शाखाबाट तिर्न सकिने ब्यवस्था अन्तिम चरणमा पुगेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले जानकारी दिए । उनले भने–‘ अव पैसा तिर्नका लागि श्रमग्राम ताहचलमा लाइन बस्नु पर्दैन ।’ 

सबै काम सकिएकाले श्रम तथा रोजगार मन्त्रीले औपचारिकरुपमा उद्घाटन गरेपछि यो व्यवस्था लागु हुने वोर्डले जनाएको छ । ‘हामी पहिला नै लागु गरिसक्थ्यौ तर मन्त्री नियुक्त हुन ढिला भएकाले समय लागेको हो’– कार्यकारी निर्देशक काफ्लेले भने–‘ जिल्लाका वैंकका शाखामा नै पनि पैसा जम्मा गर्न सकिने छ ।अहिले श्रमग्राम ताहचलमा रहेको एभरेष्ट वैंकको शाखाबाट मात्र पैसा बुझ्ने गरिएको छ ।
Loading...
Share on Google Plus