अर्घाखाँची जिल्लाले बिकास निर्माणमा ठुलो फड्को मारेको छ: पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझी

Loading...

सुर्य प्रसाद भुसाल, सन्धिखर्क, अर्घाखाँची

नेकपा माओवादी केन्द्रका नेता एबम पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सबिधान सम्सोधन गरेर मधेसबादी दलहरुको मागलाई छिट्टै सरकारले सम्बोधन गर्ने बताउनु भएको छ ।गाउँपालिका तथा नगरपालिकाको उपयुुक्त सख्या सिमाना नामाकरण तथा केन्द्र निधारण सम्बन्धि जिल्ला स्तरिय कार्यशाला गोष्ठीको जिल्ला बिकास समितिको सभाहलमा उदघाटन गर्दै नेता रायमाझीले सबैका माग सम्बोधन गर्ने गरि सरकारले काम लाई अगाडि बढाएको दाबी गर्नु भयो । रायमाझीले अर्घाखाँची जिल्लाको बिकास निर्माण ले अत्यानतै फड्को मारेको बताउदै सालझन्डि ढोरपाटन सडक ग्राभेल गर्ने कार्य अर्घाभगवती बिमानस्थलको काम दुर्त गतिमा अगाडि बढाएको बताउनु भयो । 

रायमाझीले जिल्लाको बिकास निर्माणमा अाफुले महत्त्वपूर्ण भुमिका निर्भाहा गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,  पुर्ब जिबिस सभापति पिताम्बर भुसाल, नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका काबा अध्यक्ष जिबनारायण कोईराला, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एबम अर्घाखाँची ईन्चाज चन्द्द बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झबिलाल थापा, गोपाल पौडेल, राप्रपा नेपालका फर्सु राम बेल्बासे, नयाँ शक्ती नेपालका केन्द्रीय सदस्य यमुना भुसाल, नेकपा मालेका सचिव केदार बेल्बासे, राप्रपाका अध्यक्ष देबि बहादुर खड्का, जनमुक्ति पाटिका ईन्द्द गेलाङ, नेपाल परिबार दलका डिल्ली राज भुसाल, एमाले नेता जनार्दन खनाल, प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, सबुज गण म्यालपोखरी   ब्यारेका गणपति लक्ष्मी भक्त श्रेष्ठ, पुर्ब जिल्ला बिकास समितिका पदाधिकारी सदस्यहरु बिभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कार्यलय प्रमुख  महिला अधिकार कर्मि सन्चारकर्मि नागरिक समाज तथा गाउँगाउँबाट समेत सरोकारवालाको उपस्थिति रहेको थियोे । 
स्थानीय निकाय पुनसंरचना अर्घाखाँचीमा दलहरुले  चार गाउँपालिका र दुई नगरपालिका बनाउने सहमति गरिसकेका छन । जस अन्तरगत गाउपालिकामा छत्रेसवर गाउँपालिका मालारानि गाउपालिका भुमिका स्थान गाउपालिका पाणिनि गाउपालिका सितगङ्गा नगरपालिका  प्रस्ताव गरिएको छ भने सन्धिखर्क नगरपालिका मा ढिकुरा गाबिस र पालि गाबिस को वाड नम्बर नौ लाई मिसाउने दलहरुले सहमति गरेका छन । उता धनचौर गाबिस र ढाकाबाङ गाबिसका जनताले दलहरुको निणयको बिरोध जनाका छन ।कार्यक्रम स्थानीय बिकास अधिकारी लक्ष्मी पान्डे गौतमको अध्यक्षयता कार्यक्रम अधिकृत नेत्र प्रसाद खनालको बिषय बस्तु प्रबेस शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।
Loading...
Share on Google Plus