.

के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ?


म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप गराउँदा श्रीमान्–श्रीमती दुवैमा कमजोरी देखिएन, बरु श्रीमान्–श्रीमती लामो समयसम्म सँगै नबसेकाले यस्तो भएको भन्ने जवाफ पायौं । मलेसियाबाट आएको दिन श्रीमतीलाई काठमाडौं बोलाएर म आउँदाको दुई दिनपछि महिनावारी हुने बेला हो भनेर श्रीमतीले भनेकी थिइन् र हामी दुईबीच यौनसम्पर्क पनि भयो । 

त्यसको १५ दिनपछि चेकअप गराउन जाँदा डाक्टरले गर्भ रहेको जानकारी दिनुभयो र हामी खुसी भयौं । अहिले हाम्री छोरी पनि छिन् । के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ? मलाई यो कुराले सोच्न बाध्य बनाएको छ तर यो कुरा न त श्रीमतीसँग न घर–परिवारसँग गर्न सक्छु किनभने म हाम्रो दाम्पत्य जीवन नबिग्रियोस् भन्ने चाहन्छु ।

यद्यपि कहिलेकाकाहीं त यो बच्चा मेरो होइन कि जस्तो पनि लाग्छ । म असार १७ मा नेपाल आएको र हाम्रो बच्चा फागुन २५ मा भएको हो । कृपया शंका निवारण गरिदिए म आभारी हुने थिएँ ।

गर्भ रहने सम्भावना 
कतिपय स्थितीमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहनका लागि सबैभन्दा पहिले शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

गर्भको समय कति हुन्छ ? 
शिशु जन्ममितिको अनुमान गर्दा विभिन्न विधि प्रयोग गरिन्छ । एक त डिम्ब निषेचन भएको मिति हेर्ने हो । समान्य अवस्थामा यो त्यति सजिलो हुँदैन । अहिले चिकित्सा प्रविधि प्रयोग गरेर डिम्ब निष्कासन भएको सही समय थाहा पाउन सकिने भए पनि सामान्य महिलालाई यो सजिलो छैन । महिनावारीको बीचमा पेट दुख्नु नै डिम्ब निष्कासनको लक्षण हुन सक्छ । यसलाई mष्ततभकिअजmभचश भनिन्छ । जर्मन भाषा mष्ततभ िको अर्थ पेट तथा ामध्य कअजmभचश को अर्थ पीडा हुन्छ ।

यस्तो पीडा छोटो तथा तीव्र पनि हुन सक्छ भने लामो । यो पीडा सामान्यत: महिनावारीमा हुने पीडाभन्दा केही फरक हुन्छ । यो पेटको एकातिर मात्र दुख्छ । यो अकस्मात् दुख्छ । पीडा तीखो किसिमको हुन्छ । सामान्यत: केही मिनेटमात्र पीडा हुन्छ भने कसैलाई यस्तो केही घण्टा वा एक दिनसम्म पनि हुन्छ, जुन डिम्बाशयबाट डिम्ब निस्किएको हो, पेटको त्यतैतिर दुख्छ । यस्तो पीडा भएको यस्तै दुई हप्ता (१४ दिन) पछि अर्को महिनावारी सुरु हुन्छ ।

धेरैजसो स्थितिमा अन्तिम महिनावारीको मितिलाई आधार बनाएर शिशु जन्मने मिति निक्र्योल गरिन्छ । सामान्यत: २८ दिनको महिनावारी हुने महिलामा यो यस्तै १४ औं दिन तिर हुन्छ, तर वास्तवमा डिम्ब निष्कासन भएपछि १४ दिनमा महिनावारी हुन्छ, न कि महिनावारी भएको १४ दिनमा डिम्ब निष्कासन ।

त्यसैले महिनावारी नियमित नहुने महिलामा डिम्ब निष्कासन हुने दिन केही फरक पर्न सक्छ भन्ने हेक्का राख्नुपर्छ । तपाईंकी श्रीमतीको महिनावारीको नियमितताका बारेमा तपाईंले केही नभन्नु भएकाले यसै भन्न सकिने स्थिति भएन र नियमित भए पनि विभिन्न शारीरिक वा मानसिक स्थितिमा यो समयमा केही फरक पर्न सक्छ ।

सामान्यत: गर्भ ३७ हप्ता देखि ४२ हप्ता सम्म हुँदा जन्मिए त्यसलाई अंग्रेजीमा तभचm अर्थात् सामान्य भनिन्छ । अझै भन्ने हो भने ागिि तभचm भन्नाले ३९ देखि ४१ हप्ताको गर्भलाई जनाउँछ । ३७ हप्ताभन्दा पहिले जन्मनुलाई समयभन्दा चाँडो जन्मिएको भनिन्छ । यस्तो स्थितिमा शिशुको पूर्ण विकास भैसकेको हुँदैन ।

एक अध्ययनअनुसार यस्तै ४ दशमलव ५ प्रतिशत शिशु ३७ हप्ताभन्दा चाँडो जन्मन्छन् भने यस्तो ६ दशमलव ५ प्रतिशत ३७ हप्तामा, १३ दशमलव ५ प्रतिशत ३८ हप्तामा, २५ दशमलव ७ प्रतिशत ३९ हप्तामा तथा ३१ दशमलव ६ प्रतिशत ४० हप्तामा जन्मन्छन् । बाँकी त्यसभन्दा पनि पछि जन्मन्छन् । तपाईंको सन्दर्भमा यौनसम्पर्कको हाराहारीमै गर्भ रहेको भए यस्तै चैत ११ गते हुनुपथ्र्यो । अब तपाईंलाई थाहै भयो होला कि कतिपय शिशु समयभन्दा केही चाँडो जन्मन्छन् ।

समस्या के हो ? 
तपाईंको मनमा यो बच्चा मेरो होइन कि भन्ने कुरा आउनु नै अहिलेको मुख्य समस्या हो । तपार्इंले महिनावारीको अनुमानित समय फरक पर्नु, शिशु जन्मने समय केही चाँडो हुनु जस्ता कुरालाई मात्र लिएर यसरी शंका गर्नुपर्ने आधार देखिँदैन । तपाईंसँग त्यस्तो शंका गर्नुपर्ने अन्य आधार भए कुरा अर्कै भयो, तर तपाईंले त्यस्तो कुनै पनि कुरा लेख्नुभएको छैन । त्यस्तो कुनै आधार भए लेख्नुहोला र त्यसको समाधान गर्ने प्रयास गरौंला ।

तपाईं लामो समयसम्म बाहिर बसेका कारण पनि अनावश्यक रूपमा शंका–उपशंकाले घेरेको हुन सक्छ । अनावश्यक रूपमा मनमा शंका–उपशंका लिएर सुखमय पारिवारिक जीवनमा विष घोलेर आफैंले बर्बाद गर्नु बुद्धिमानी होइन । बरु श्रीमती र शिशुको हेरचाहमा ध्यान लगाउन सके जीवन अझ रमाइलो एवं सुखमय हुन्छ ।

Loading...
Share on Google Plus