.

मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्

मुम्बई । बलिउड अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको सुरक्षा गर्न मोदी सरकारसँग माग गरेका छन् । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी निकट मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको अल्टिमेटमसहित नगए पिटीपिटी भगाउने धम्की दिएका थिए । salman-modi1यो धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै मंगलबार सलमानले पाकिस्तानी कलाकारको पक्षमा बलिउड कसैको बाउको जागिर गर्ने थलो होइन् यहाँ सबैले काम गर्न सक्छन् भनेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउँदै सलमान खानले भनेका छन्- ‘कलाकारले जुनसुकै ठाउँमा पनि काम गर्न सक्छन्, भारतीय निर्देशकले कामका लागि कसनैपनि राष्ट्रको कलाकार ल्याउन सक्छन् । यसलाई कसैले रोक्न सक्दैन् । पाकिस्तानी अभिनेता फवाद खानको संलग्नतामा चलचित्र निर्माण गरिरहेका सलमान खानले पाकिस्तानीको पक्षमा बोल्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धम्की आउन थालेपछि पाकिस्तानी कलाकार फवाद खानले भारत छाडेका छन् । दैनिक नेपाल
Loading...
Share on Google Plus