.

अर्घाखाँचीका लागि दसैँको टिकट सकियो भनेर फर्काइदिए

अहिले गोगंबुको नयाँ बसपार्कमा टिकट काट्नेको घुइँचो देखिन्छ।
 
 पहिलो दिन नै धेरै मानिसहरु लाइनमा रहेको थाहा पाएर म पनि शनिबार टिकट काट्न गए। मेरो गृहजिल्ला अर्घाखाँची जानेगरी टिकट काट्न काउन्टर पुगेको थिएँ। २ घण्टासम्म लाइनमा बसियो। 
 
जब मेरो पालो आयो, मैले आफ्नो उपयुक्त दिन बताउँदै टिकट दिन आग्रह गरे। तर त्यहाँ रहेका व्यवसायीले १६ गतेदेखि २३ गतेसम्म सबै टिकट बुक भएको भनी जवाफ दिए। अर्घाखाँचीसहित
गुल्मीका लागि पनि सबै टिकट सकिएको जवाफ व्यवसायीहरुले बताए। गुल्मी र अर्घाखाँचीको टिकटका लागि लाइनमा नबस्न भने। 
 
यति चाँडो कसरी ति क्षेत्रमा जाने बसहरुको टिकट सकियो ? कतै व्यवसायीहरुले अवैधानिक गतिविधि त गरिरहेका छैनन्? सर्वसाधारणलाई सकियो भनेर गोप्य रुपमा महँगोमा बेचेका त छैनन्? वा आफन्त र नातेदारलाई मात्रै टिकट दिने गरेका  छन्? यसको प्रभावकारी अनुगमन हुनु जरुरी छ। 
 
उनीहरुको भनाईअनुसार नयाँ गाडीहरु नथपिएसम्म टिकट पाइँदैन। यसमा अनुगमन गरी राज्यले घर जाने वातावरण बनाइदियोस्। 
source :setopati.com
 
Loading...
Share on Google Plus