.

अष्टेलियामा बस्ने नेपालीको अश्लिल भिडियो च्याट सार्वजानिक

http://www.arghakhanchisaptahik.com/2016/08/blog-post_63.html
तपाई सामाजिक सञ्जालमा कत्तिको समय बिताउनुहुन्छ , 
फेसबुक ट्वीटर र स्काइपजस्ता सञ्जालहरुसंग कत्तिको आत्मीयता महशुस गर्नुहुन्छ रु आफ्ना आत्मीयहरुसंग सामाजिक सञ्जालमा पनि आत्मीयता राख्नु त ठीकै होला ।
तर यदि माकुराको जालोजस्तै जेलिएको वेभ संसारमा भेटिएका सबैसंग लोलोपोतो गर्न थाल्नुभयो भने त्यसले तपाइको जीवनमै ठूलो धक्का दिन सक्छ ।
हो, पछिल्लो समय सामाजिक सञ्जालमार्फत ब्ल्याकमैलिंग गर्ने र ठगी गर्ने राम्रै धन्दा चल्ने गरेको छ । क्षणिक मनोरञ्जनका लागि वा व्यवशाय विस्तारको सपना देखेर चिन्दै नचिनेकाहरुसंग सामाजिक सञ्जालमा अन्तरंग कुरा गर्दै जाँदा आफैं फसिसकेको पनि पत्तो हुँदैन ।
यसलाइ एकप्रकारले साइबर आक्रमण नै मान्न सकिन्छ । यस्तो आक्रमणको निशाना खासगरी अनलाइनमा लामो समय विताउने तथा यौनजन्य सामाग्री र गतिविधिको खोजी गर्ने युवाहरु बढी पर्ने गरेको पाइन्छ । नेपालबाट अध्ययन र कामका सिलसिलामा युरोप, अमेरीका वा अष्ट्रेलिया पुगेका धेरै युवा राम्री युवतीको चक्करमा नराम्ररी फसेका छन् ।
हालसालै यस्तै एउटा गलत तत्वको शिकार बनेका छन्, अष्ट्रेलियामा कार्यरत एक अनलाइन काउन्सिलर । अध्ययनका लागि अष्ट्रेलिया आउन चाहनेहरुका लागि अनलाइन परामर्श दिंदै आएका उनले सम्भावित ग्राहक ठानेर एसेप्ट गरेको फ्रेण्ड रिक्वेष्ट उनी आफैंलाई घातक भएको छ । फेसबुकमा लामै कुराकानी भएपछि स्काइपमार्फत भिडियो च्याट गर्न पुगैका ती युवालाई वार्ता सकिदांसाथ स्काईपमा नांगिएर भएको वार्तालापको भिडियो यूट्युवमा राखिदिने धम्की आयो ।
ती युवाले गलत काम गरे वा गरेनन्, साँच्चै उनी नांगिए वा उनले भनेजस्तै आफ्नो टाउको राखेर सम्पादन गरियो, त्यो त उनै जानुन् । तर यसरी फेसबुकमा गलत एकाउण्टबाट साथी बनाएर बदनाम गरिन खोजेका उनी एक्ला ब्यक्ति भने होइनन् ।
केही समयअघिमात्रै अर्का यूवक पनि अष्ट्रेलियामा नै यस्तै समास्यामा परेका थिए । उनको त उनकै साथीले भिडियोसमेत सार्वजानिक गरिदिएका थिए । पोर्चुगल जापान र यूरोपका अन्य मुलुकमा पनि यस्तो साईवर आतंकको धेरै नेपाली यूवाहरु शिकार बनेका छन ।
यस्ता घटनामा पछिल्लो समयमा धेरैभन्दा धेरै नेपालीहरु परेका छन । यसमध्येपनि राम्री युवतीको फोटो राखेर खोलिएका अकाउण्टबाट सन्देश र मित्रता अनुरोध आउनासाथ एसेप्ट गरीहाल्ने र छोटो समयमै उनीहरुसंग अन्तरंग कुरा गर्ने धैरै युवाहरु बढि परेका छन ।
यस्ता आक्रमणहरु पछिल्लो समय अष्ट्रेलिया र युरोपमा बस्ने नेपाली र भारतीय मूलका युवाहरुमाथि बढी लक्षित भैरहेको देखिन्छ । खासगरी सम्पत्ति कमाउनकै लागि पश्चिमा मुलुकमा पुगेका युवाहरु काम र अध्ययनबाट फुर्सद मिल्नासाथ सामाजिक सञ्जालमा उपस्थित हुनै र जोकोहीसंग पनि क्षणिक रमाइलो गर्न खोज्दा अप्ठैरोमा पर्ने गरैका छन् ।
सामाजिक सञ्जालहरुमा गलत भिडियो, तस्वीर वा जानकारी शेयर गरेर बदनाम गराउने यस्तो प्रवृत्ति नयाँ नभएपनि आक्रमणकारीको उद्देश्य र तरिका भने बदलिएको छ । विगतमा पैसा ठगीका लागि द्वन्दग्रस्त मुलुकका युवतीका नामबाट आफूसंग अथाह सम्पत्ति भएको र आफू देशबाट उम्कन चाहेको सहितका सन्देश दिएर प्रकृयाका लागि रकम पठाइदिन जोड गर्ने धैरै सन्देशहरु आउथें । साथै युवतीहरुसंग कुराकानी र भिडियो रेकर्ड गरी बदनाम गर्ने सूत्र अपनाउने आपराधिक मानसिकता हावी थियो, कैही अघिसम्म । तर अहिलै भने युवाहरुलाई लक्ष्यित गरेर विभिन्न बहानामा ब्ल्याकमैलिङ गर्ने नयाँ तरिका हावी भएकौ छ ।
मूलतः फेक आइडीबाट हुने यस्ता आक्रमणकारीले आफ्ना केही सूचना पनि सामाजिक सञ्जालमा सही नराख्ने हुनाले उनीहरुको पहिचान कठीन छ भने आतंकित मात्र पार्ने उद्देश्यका लागि तत्काल अकाउन्ट खोलैर तुरुन्तै हटाउने गरेकाले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि यो समस्या टाउको दुखाइको विषय बनेकौ छ । तर यदि सामाजिक सञ्जालको प्रयोगमा आफैं सचेत हुने हो भने हत्तपत्त यस्ता झमेलामा पर्नबाट भने बच्न सकिन्छ ।
आफूलै चिनेका वा विश्वासिलो आधार भएका मानिसहरुसंग मात्र मित्रता गाँस्ने वा नयाँ साथीसंग कुराहरु शेयर गर्दा आफ्नो गौपनीयतामा आफैं सजग हुने हो भने पनि यस्तो आक्रमणको शिकार हुनु पर्दैन । मुख्य कुरा त कसैसंग अनावश्यक कुरा, चाहे त्यो लैखेर होस् वा बोलेर या भिडियो कलमा नगर्नु नै सबैभन्दा बुद्दिमानी हो । असम्बन्धित ब्यक्तिहरुसंग आवश्यकताभन्दा बेसी कुराकानी गर्ने वा नजिकिने बानी परेकालाई एउटै नेपाली उखान फलो गरे पुग्छ –नजाने गाँउको बाट नसोध्नू ।
source:tvannapurna.com
Loading...
Share on Google Plus