.

आज मिती २०७३ साल असोज ८ गते शनिबारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

Image result for rashifalश्रीसूर्य दक्षिणायन शरद ऋतु, सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल आश्विन ८ गते शनिवार, नेपाल सम्बत ११३६ ञलागा, सन् २०१६ सेप्टेम्बर २४ तारिक कृष्णपक्ष अष्टमी तिथि प्रातः ७ वजेर ३ मिनेटसम्म, आद्र्रानक्षत्र राती ७ वजेर ३४ मिनेटसम्म, वरियन योग राती १२ वजेर १ मिनेटसम्म, कौलवकरण प्रातः ७ वजेर ३ मिनेटसम्म, आनन्दादियोग मुद्गर, सूर्य कन्या राशीमा,चन्द्रमा मिथुन राशीमा ।


मेषः– ढिला नगर्नु होला,आफ्नै बहुबलबाट समस्याको समाधान निस्कनेछ । कार्यलगनशिलता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्ने छ ।

वृषः– विश्वास र भरोसा काम लाग्ने छैन । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सक्छ ।

मिथुनः– आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । आर्थिक कारण काममा सामान्य समस्या आउन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कटः– व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न ।
सिंहः– आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।

कन्याः– अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

तुलाः– धार्मिक विश्वास बढ्ने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राख्नु होला ।

वृश्चिकः– भाग्यमा अवरोध आउने छ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम पनि विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउला ।

धनुः– काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ ।

मकरः– विदेश यात्रामा अवरोध आए पनि व्यापार व्यवसायमा भने सुधार आउने छ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ ।

कुम्भः– काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।

मिनः– घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ ।

Loading...
Share on Google Plus