.

४५ यात्रु बोकेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगियो

http://www.ratopati.com/wp-content/uploads/2016/04/Buddha_Air_.jpgकाठमाडौं– ४५ जना यात्रु बोकेको बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोखिएको छ ।

भैरहवा विमानस्थलमा अवतरणको क्रममा एक्कासी धावनमार्गमा स्याल बिमानसँग ठक्कर खान पुगेको भैरहवास्थित बुद्ध एयरका म्यानेजर दर्शन घिमिरेले जानकारी दिए ।
उनका अनुसार स्याल बिमानमा एकाएक ठक्कर खान पुगेपनि कुशल चालकका कारण दुर्घटना हुनबाट जोगिएको छ ।
धावनमार्गमा बिमानसँग ठोक्किएको स्याल मरेको छ । यु४ ८७५ कल साइनको उक्त विमान क्याप्टेन भगवान थापाले उडाएका थिए । बुद्ध एयरले विमान र यात्रु दुवै सुरक्षित रहेको जनाएको छ ।
म्यानेजर घिमिरेका अनुसार शुक्रबार साँझ ५ बजेर १० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडेको विमान अवतरणका क्रममा धावनमार्गका गुँड्दै गर्दा एक्कासी स्याल देखापरेको थियो ।
धावनमार्गमा कुनै बस्तु ठोक्किँदा ठूलो दुर्घटना हुन सक्छ, तर चालकको कुसलताका कारण स्याल ठोक्किएर पनि ठूलो दुर्घटना टरेको छ’, भैरहवा विमानस्थलका एक अधिकारीले रातोपाटीसँग भने ।
स्रोतका अनुसार भैहरवा विमनस्थलमा पटकपटक स्याललगायतका जंगली जनावर देखिँदै आएपनि नागरिक उड्ययन प्राधिकरणले कुनै चासो दिएको छैन ।
प्राधिकरणले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने भन्दै एक एयरलाइन्स कम्पनीका अधिकारीले भने, ‘भैरहवा विमानस्थलमा प्राधिकरणले निकै लापरबाही गर्दै आएको छ, बेलैमा सुधार नगरिए आगामी दिनमा यस्ता घटना नदोहारिएला भन्न सकिन्न ।’
Loading...
Share on Google Plus