कुन उमेरमा हुन्छ युवतीहरुमा बढी यौन खुल्दुली ?

Loading...

- डा.सुमनराज ताम्राकार

sexcy-teen-girlप्रजनन अंगको विकासले युवायुवतीमा कौतुहलता पनि थपिदिन्छ । नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोरकिशोरी छन् । सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन् ।
किशोरीहरूमा शरीर चौडा हुने, स्वर अझै सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने साथै मानसिक, भावनात्मक र व्यावहारिक परिवर्तन पनि धेरै हुन्छ । किशोरकिशोरी दुवैमा यौनांग र काखीमुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ ।
यसबेला विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने र यौन सम्बन्धी खोजीनीति गर्ने स्वभावको विकास हुन्छ । यसका अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, मुड परिवर्तन भइरहने, गोपनीयता रुचाउने, स्तन एवं लिङ्गको चिन्ता बढी गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने आदि यौनजन्य गतिविधि बढ्छ । युवतीमा आउन सक्ने यौनजन्य केही समस्या निम्न प्रकारका छन् ।
महिनावारी गडबडी प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा, तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि एक सय मिलिलिटरसम्म रक्तस्राब हुने गर्दछ । यसभन्दा तलमाथि हुनासाथ असामान्य मानिन्छ ।
महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तत्व फरक–फरक हुन सक्छ । नियमित महिनावारीमा बढी रगत जाने र धेरै दिनसम्म रगत आउने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ ।
यस्तै छिटोछिटो हुने महिनावारी ९२१ दिनको अन्तरालभन्दा कम० लाई पोलिमेनोरिया, ३५ दिनभन्दा बढी अन्तरालमा (ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया र थोरै मात्रामा रगत जाने एवं दुई दिनभन्दा कम समयसम्म मात्र रगत जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ ।
यसैगरी मासिकस्रावको अन्तराल अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ, जुन किशोरी अवस्थामा त्यति धेरै हुदैन । धेरै दिनसम्म रगत बग्ने, रगतको चोक्टाचोक्टा पनि जाने, रक्तअल्पता हुने र शरीरमा हेमोग्लोबिनको मात्रामा कमी हुने अवस्था आयो भने चिकित्सकको सल्लाह लिएर उपचार गराउनुपर्दछ । तल्लो पेट दुख्ने समस्या मेडिकल भाषामा महिनावारीका बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । यसले दैनिक क्रियाकलापमा असर पुग्नेगरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ ।
डिस्मेनोरिया कारणबिनाको (प्राथमिक) र कारक तत्वसहितको (सेकेन्डरी) गरी दुई प्रकारको महिनावारी समस्याका कारण हुन सक्छ । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलामा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ । यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रीयमा कुनै समस्या देखिँदैन ।
प्रायः किशोरी अवस्थामा हुने डिम्व निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याई तथा पाठेघरमा अक्सिजन अभावका कारण हुने गरेको विश्वास गरिन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिनजस्ता कतिपय पीडा कम गर्ने औषधिले यस्ताखाले डिस्मेनोरिया घटाउन सकिन्छ ।
मिट्टलसमर्ज सिन्ड्रोम किशोरीलाई डिम्ब निष्कासनका बेला हुने पीडालाई मिट्टलसमर्ज सिन्ड्रोम भनिन्छ । नाइटोमुनि अथवा तल्लो पेटको दाया वा बायातिर हुने यस्तो पीडा महिनावारीको मध्य समयमा देखा पर्दछ । डिम्बभित्र अत्याधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिट्चिटाहट एवं डिम्बबाहिनी नली तथा पाठेघरको खुम्च्याइका कारण यस्तो पीडा भएको हो । ढाडस तथा दुखाइ कम गर्ने सामान्य औषधिबाट यो पीडा कम गर्न सकिन्छ ।
कुमारित्व योनीद्वारमा हुने पातलो छालाको झिल्ली (योनिच्छद) नच्यातिएको अवस्थालाई कुमारित्व मानिन्छ । तर, यस्तो झिल्लीले योनीद्वार पूरै ढाकेको भने हुँदैन । योनिच्छदको आकार, बनावट, मोटाइ, लचकता व्यक्तिपिच्छे फरक हुन्छ ।
पहिलो यौन सम्पर्कमा रगत आउनुलाई योनिच्छद च्यातिएको प्रमाण मानिए पनि कसैकसैको योनिच्छद जन्मजात रूपमा नहुन सक्छ भने कतिपयको शारीरिक क्रियाकलाप (खेलकुद, साइकल, घोडचढी, व्यायाम)का दौरान च्यातिन सक्छ । प्याडको सट्टा ट्याम्पुनको प्रयोग, किशोरीमा हस्तमैथुन गर्ने बानीले पनि झिल्ली च्यातिएको हुन सक्छ । र, योनिच्छद निकै लचिलो छ भने यौनसम्पर्क राखेर पनि नच्यातिएको हुन सक्छ ।
आजको समयमा दम्पत्तीबीच समझदारी र विश्वास ठूलो कुरा हो न कि कुमारित्व मापन । यौनरोग तथा एचआईभी संक्रमण संक्रमित व्यक्तिले निरोगी व्यक्तिसँग यौन सम्पर्क राख्दा यौनरोग तथा एचआईभी एड्स संक्रमण सर्ने सम्भावना प्रबल हुन्छ ।
असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरिएको सुई र राम्ररी नजाँचिएको रगत संक्रमणका प्रमुख कारण हुन् । यस्तै, संक्रमित आमाबाट गर्भे शिशुमा पनि रोग सर्ने गरेको पाइएको छ । विभिन्न अनुसन्धानका अनुसार विर्य, योनीरस एवं रगतमा तुलनात्मक रूपमा यो संक्रमण गराउने विषाणु (भाइरस) बढी पाइएको छ । असुरक्षित यौन सम्पर्कबाट ८० प्रतिशत संक्रमण सर्ने भए पनि पुरुषबाट महिलामा यो संक्रमण सर्ने सम्भावना दोब्बर छ ।
आकस्मिक परिवार नियोजन पार्टनरको आपसी सल्लाहमा नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ । तर, यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव र सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने वा संक्रमण हुने कारणले गर्दा सुरक्षित यौन सम्पर्क राख्नु नै बुद्धिमानी मानिन्छ ।
गर्भ निरोधका उपाय नअपनाएर, परिवार नियोजनका साधन उपलब्ध नभएर, यसको प्रयोगमा आलस्यता गरेर तथा गर्भ रहन सक्नेरनसक्ने महिनावारीको सुरक्षित चक्रबारे ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइन्छ ।
कन्डम (ढाल) फुट्नु, नियमित पिल्स चक्की खान बिर्सिनु र बलात्कार (बलजफती करणी) हुनु पनि अनिच्छित गर्भ रहनुका केही कारण हुन् । माथि उल्लेखित परिस्थितिको परिणाम स्वरूप गर्भ रहन नदिनका लागि गरिने उपाय (परिवार नियोजनका साधनको प्रयोग) लाई आकस्मिक परिवार नियोजन (आपत्कालीन गर्भ निरोध) अर्थात् ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।
आपत्कालीन गर्भ निरोधका लागि विभिन्न साधन उपलब्ध छन् । असुरक्षित यौन सम्पर्कको ७२ घन्टाभित्र प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की, इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की खान सकिन्छ भने असुरक्षित सम्पर्कको पाचौं दिनभित्र पाठेघरमा राखिने ‘कपर टी’ राख्न सकिन्छ । कलिलै उमेरमा गर्भधारण १३ देखि १९ वर्षभित्रमा हुने गर्भधारणलाई कलिलै उमेरको गर्भधारण मानिन्छ ।
कानुनी रूपमा वयस्क नभईकनै हुने गर्भधारण ‘टीनएज प्रेगनेन्सी’ हो । नेपालमा ११ – १२ वर्षको उमेरदेखि किशोरीहरूको महिनावारी सुरु हुन थालेको छ । महिनावारी हुनु भनेको गर्भधारण गर्न सक्ने क्षमताको विकास हुनु हो ।
न्यून साक्षरता, उच्च गरिबी, बाल विवाह आदि टीनएज प्रेगनेन्सीका कारण हुन् । किशोरीहरु मद्यपान तथा नशालु पदार्थको सेवन एवं सहपाठीको करकापले कलिलो उमेरमै यौन गतिविधिमा लागेका उदाहरण पनि छन् ।
विशेषगरी, आफ्नो उमेर समूहभन्दा माथिकाले नै टीनएज केटीहरूलाई गर्भवती बनाएको पाइन्छ । बाल्यावस्थामा यौन दुव्र्यवहारबाट प्रताडीत बालिकाहरूले पछि गएर यौनकार्य चाँडै स्थापित गर्ने, आफु भन्दा वयस्क पार्टनर छान्ने, जोखिमपूर्ण यौन कार्यमा संलग्न हुने, धेरै जनासँग र धेरै पटक यौन सम्बन्ध स्थापित गर्ने गरेको अध्ययनले देखाएको छ ।
सेतो पानी बग्ने समस्या सेतो पानी अर्थात् सामान्य खालको योनीस्राव (योनीरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । त्यसैगरी, सामान्य प्रकारको योनीरसको अधिक बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । पिप एवं गन्धरहित, नचिलाउने खालको तथा निरन्तर रूपमा योनीद्वार रसाउने गरी, भित्री कपडा भिज्ने गरी वा प्याड नै प्रयोग गर्नुपर्ने गरी हुने योनीरसको बहावलाई सामान्य एवं अधिक मान्नु पर्दछ । तर कहिलेकाही“ सामान्य खालको वा संक्रमित खालको छुट्याउन गाह्रो हुन्छ ।
संक्रमित भन्नलाई यौनांगको आन्तरिक जाँच वा ल्याब परीक्षणबाट प्रमाणित गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा योनीरसको अधिक उत्पादन स्वभाविक हो । जस्तै, यौवनावस्थामा, महिनावारीको मध्य भागतिर (डिम्ब निस्किने बेला), महिनावारी हुनु अगाडि स्त्री जनेन्द्रीयमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्छ ।
यौनजन्य फिल्म हेर्दा, यौनबारे सोच्दा, यौन सामाग्री पत्रपत्रिकामा पढ्दा यौन उत्तेजना बढ्छ । यौन उत्तेजनाका बेला योनीद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हर्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनीस्राव हुन्छ ।

Loading...
Share on Google Plus