सन्धिखर्क देखि धातिवाङ देउराली यातायातकाे नियमित गाडि सञ्चालन नहुदाँ यात्रु मर्कामा ...

 घनश्याम पाैडेल परिश्रमी 
 अर्घाखाँची, १८ भदाै 
Image result for deurali yataya arghakhanchi 
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क बाट करिब २७  किलोमिटरमा अवस्थित धातिवाङ गाविसमा देउराली यातायात व्यवसायी समितिकाे गाडी सञ्चालन नहुदाँ दैनिक २५/३० जना यात्रु घुम्ती बाट हिडेर अाएका छन । मेलापर्बकाे समयमा दैनिक यात्रुवाहक जिप सञ्चालन नभएपछि श्रीनगर यातायात व्यवसायी समितिकाे गाडिले १ खेप धातिवाङका यात्रु ल्याएपनी २० जना घुम्तीबाट हिडेर शुक्रबार अाएका धातिवाङ पधेरा व्यवसायी गनें एक व्यवसायीले बताएका थिए । मेलापर्बकाे समयमा नै गाडि नियमित सञ्चालन नभएपछि विकल्पकाे रूपमा श्रीनगर यातायात व्यवसायी समितिकाे गाडि सञ्चालनमा ल्याउन केही पहल गनं थालिएको युवा बुद्धीराम पाैडेलले जानकारी दिए ।
Loading...
Share on Google Plus