पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक...

युबराज पौडेल

पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक भएको छ । अर्घाखाँची जिल्ला जुकेना गाबिस वार्ड नम्बर दुइ थरपाइलामा जन्मनु भएका डा. भीष्म कुमार भूसालको शब्द सड्ढलनमाअब उठ जाग बोलको गीत सार्वजनिक भएको छ । 
भ्रष्टाचार बिरुद्धका अभियन्ता र भूकम्प पश्चातको पुनर्निर्माणमा दिलोज्यानले खटिनु भएका डा. भूसालबाट ३ महिनाको अवधिमा ३ वटा गीत सार्वजनिक भएका छन् । डा: भुसाल गितमा मात्र होइन ब्याबहारमा पनि दिनरात भोक तिर्खा बिदा न भनी पुनः निर्माणमा खटिनु भएको छ ।डा: भुसाल भ्रष्टाचार बिरुध्दको साहित्यका लागि सन् २०१३ विश्वव्यापी प्रतियोगिताबाट प्रथम भई हेमसरिता अन्तराष्ट्रिय साहित्य पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। डा:भुसाल भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्दै वाचा र पुनर्निर्माणका समर्पित हुन आव्हान गर्दै यो प्रण बोलको गीत सार्वजनिक गरेका डा. भूसालको यो गीतले पुनर्निर्माणका लागि सबैको सहभागिता र जागरणमा जोड दिएको छ ।
 पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतमा पुनर्निर्माणका लागि युवाहरु जुटेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ । राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन गर्नु भएको छ।
Loading...
Share on Google Plus