जोया, जिबन थापामगर र मामा फिलिपिन्समा भेट भएपछी आदर्श गृहबारे जोयाले यसो भनिन् !

काठमाडौं २ असोज । जोया र नेपाली सन्तान मिगेल र ईरिकलाई नेपाल फर्काउन सेप्टेम्बर १५ मा नेपाल बाट उडेका जिबन थापा मगर र उनका मामा कामे मगर आबुधाबिको ३ घण्टा ट्रान्जिट पर्खेर १६ सेप्टेम्बरको बिहान ४ बजे फिलिपिन्सको राजधानी मनिला पुगेको छ । मनिला पुग्दा जोया र कान्छा छोरा ईरिक अघाडी नै मनिला आएर जिबन र मामा कामे मगरलाई मनिलामा पर्खेर बसिरहेको बताईएको छ । उनीहरु मनिलामा भेट भएपछी उलास र हर्ष मनाए । एक अर्कालाई अंकामाल गरे हर्षको आशु बगाए, म पनि रुए, जोया झनै धेरै रुईन । त्यसपछी दुखसुख कुराकानी गर्यौं । jiwan-thapa-magar-and-joya-and-kame-magar जति नेपालमा बसेर हामि सोच्थ्यौ त्यो भन्दा धेरै सरल, सामिप्य र स्नेह पायौं । जोयाको चाहना बुझ्यौं-उनि नेपाललाई माया गर्छीन, जिबनसंगै नेपाल बस्न चाहन्छिन । जति सक्दो चाडो नेपाल फर्कन चाहन्छिन र नेपालमा नै केहि गरेर बस्न चाहान्छिन । नेपालको कागजी प्रक्रिया र प्रसासनिक जटिलताप्रति भने दिक्क मान्छिन । मामा कामे मगरले टेलिफोन बताए । मनिला स्थित एक होटेलमा तिन रूमका लिएका छौ जसमा एक रूम मेरो गेस्टको लागि, एक मेरो लागी र अर्को जोया, जिबन र ईरिकका लागि, हामि यहा करिब ८ घण्टा आराम गर्दैछौं । खास हाम्रो योजना अनुरुप सम्दी, सम्दिनी र सपरिवार मनिला आउने भन्ने थियो तर सम्दी साप र जोयाको अनुरोधमा हामि अब केहि समयमानै सम्दी गाउँ बागलौर जादैछौ । आज हामि पारिबारिक भेटघाटमा राम्नेछौँ तर भोलिबाट भने जोया र दुइ छोरालाई नेपाल फर्काउनको लागि आबश्यक पर्ने कागजात एबम प्रक्रिया बारे सम्बन्धित निकायमा बुझ्न र बनाउन स-परिवार लाग्नेछौं । सबैभन्दा खुशी र अबिश्मरनिय कुरा हामी बागलौर आउने भयौं भनेर भने पछी त सम्दी साप खुशीले मोबाईलमा नै नाच्नु भो । वहाले प्रदर्शन गर्नु भएको त्यो आफ्नोपनले सार्है खुशी लाग्यो । मामा कामे मगरले बताए । आदर्श गृहबारे जोयाले के भने ? भन्ने हाम्रो प्रश्नमा धेरै कुरा भनेको छ जसले हामी नेपालमा कानुनि रुपमा बलियो र न्यायको लागि लड्न सजिलो भएको बताए । जोया र दुई छोराहरु कहिले नेपाल फर्कंन्छ त भन्ने प्रश्नमा अहिले निश्चित भईनसकेको तर सके सम्म चाडो बताए । श्रोत दुधकोशी मेडिया
Loading...
Share on Google Plus