.

जापानमा अर्घाखाँचीका अनुसन्धानकर्ता उत्कृष्ट घोषित


जापानमा अनुसन्धानरत एक नेपाली युवा जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धान गरे वापत पुरस्कृत भएका छन ।शुक्रवार एक समारोहका वीच अर्घाखाँची सन्धिखर्कका नेपाली युवा डा शक्ति पीसीले गरेको अनुसन्धान कृति उत्कृष्ट भई उहाँ सम्मानित हुनु भएको हो । पीसीले पहाडी क्षेत्रमा पर्ने ‘वर्षाको मापन र नयाँ विधि’ एक्स व्याण्ड पोलारिम्याट्रिक रयाडरको प्रयोग गरि कसरी वर्षाको सहि तरिकाले मापन गर्न गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुभएको थियो । जुन अनुसन्धान मौसम तथा जलवायु विज्ञानमा सम्वन्धित रहेको छ । यो अनुसन्धानले जापानमा विशेष गरि शहरी क्षेत्रमा हुने अत्याधिक वर्षा तथा बाढी आउने समयको जानकारी तथा पूर्वानुमानको काममा अध्ययन गर्ने गरेको छ ।

सो अध्ययन वापत उनलाई जापानको फुकुसिमामा आयोजित एक भव्य कार्यक्रममा जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले  ‘योङ अथर एक्सिलेन्ट आर्टिकल अवार्ड’ प्रदान गरिएको घोषणा गरेको हो । जापानमा जलवायु र जलस्रोत सम्वन्धि अनुसन्धान गर्ने जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले हरेक वर्ष जापानका सयाै विज्ञहरुलाई सोध अनुसन्धान गर्न लगाई वार्षिक सम्मेलन गर्ने गरेको छ । यस वर्षको कार्यक्रम यहि सेप्टेम्वर १५ देखि १७ सम्म फुकुसिमामा चलेको थियो । सोही क्रममा पीसीलाई यस पटक उत्कृष्ट घोषणा गरि सम्मान गरिएको थियो ।

सन २०१०-२०१३मा जापानको ईवाराकीमा रहेको युनिभर्सिटि अफ चुकुवाबाट पीएचडी सकेका पीसी सोही क्षेत्रमा रहेको विज्ञहरुको ‘नेशनल रिसर्च ईन्टिच्युट फर अर्थ साईन्स एण्ड डिजास्टर रिसिलेन्स चुकुवा’मा अनुसन्धानकर्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो। सयौ विज्ञहरु सम्मिलित कार्यक्रममा उत्कृष्ट भएकोमा पीसीले नेपालीले विश्वको हरेक क्षेत्रमा सफल बन्न सक्छन भन्ने उदहारण बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल जापान डटकमसंग छोटो प्रतिकृया व्यक्तगर्दै पीसीले यो सफलताले आगामी दिनमा थप नयाँ विषयमा अनुसन्धान गर्न हौसला मिलेको बताउनु भयो ।
Loading...
Share on Google Plus