.

लोकमानबारे कांग्रेसले लहडमा निर्णय गर्दैन: नेता शेखर

                                   पत्रकार सम्मेलनमा नेता कोइराला । तस्बिर: घनश्याम पौडेल
घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची कात्तिक १० : नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले गरेका धेरै काम गलत रहेको बताएका छन् ।
तर उनीविरुद्ध सरकारमा रहेको कांग्रेससँग सल्लाह नगरी एमाले र माओवादीको साँठगाँठमा महाभियोग प्रस्ताव दर्ता भएको अवस्थामा लहडमा कांग्रेसले तत्काल कुनै निर्णय नगर्ने कोइरालाले बताए । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले मङ्गलवार गरेको पत्रकार सम्मेलनमा उनले हतारमा लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप लगाए ।
कोइरालाले कांग्रेसले हतारमा निर्णय नगर्दा लोकमानलाई बचाउन खोजेको अर्थकारुपमा नबुझ्न आग्रह गरे । अर्को प्रसङगमा नेता कोइरालाले लोकमानको प्रकरण टुंगिन एक महिना लाग्ने भन्दै एमाले र माओवादी संविधान कार्यन्वयन नगर्ने पक्षमा लागेको हुन सक्ने शंका उत्पन्न भएको बताए । संविधान स‌ंशोधन अझै हुन नसकेकोमा पनि उनले आपत्ति प्रकट गरे ।
'प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत जानुभन्दा पहिले संशोधन गर्छु भन्नुभयो', उनले भने, 'भारतवाट फर्केपछि दशैँ अगाडि र अहिले तिहार अगाडी भन्नुभयो । अस्ति संसदमा अन्तिम चरणमा संशोधन प्रक्रिया पुगेको बताए पनि हामीलाई थाहा छैन ।' अर्को प्रसङगमा नेता कोइरालाले स्थानीय निर्वाचन गर्न नसके प्रतिनिधिसभाको निर्वाचन भएपनि गर्नुपर्ने बताए ।
केहि शक्तिहरु संविधान निष्कृय बनाई देशलाई अस्थिरतामा लान खोजेको आरोप लगाउँदै उनले मुलुकलाई बचाउन निर्वाचन गराउनु अनिवार्य रहेको बताए । कोइरालाले सविधान कार्यन्वयन गर्नका लागि २०७४ साल भित्र तीन तहको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
Loading...
Share on Google Plus