.

यस्तो छ भाईटिकाको उत्तम साईत

कार्तिक ९, काठमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कार्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो ।
“यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कार्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११– ५२ बजेको समय उत्तम रहेको समितिले जनाएको छ ।कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।
यस वर्ष कार्तिक १२ गते शुक्रबार काग तिहार, १३ गते शनिबार कुकुर तिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कार्तिक १६ गते भाइटीका परेको छ । भाईटिकाको उत्तम साईत ११ बजेर ५२ मिनेट भएपनि मंगलवार दिनभरी भाईटिका गर्दा फरक नपर्ने समितिको धारणा रहेको छ ।
Loading...
Share on Google Plus