ज्ञानप्रकाश मा.वि. मा सहयोगी हातहरुलाई सम्मान

Loading...
विक्रम पाण्डे "समानता"

अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानले अभियानको योजनामा रहेको

ज्ञानप्रकाश मा.वि. सल्लीकोटमा शैक्षिक सामग्री संकलन कार्यक्रममा सक्रिय केही सहयोगदाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममामा स्रोत व्यक्ति युवराज भुसालले गत वर्ष सम्मान हुन नसकेका सहयोगदाताहरुलाई सम्मान गरेका हुन् ।
अभियानले करीव एक वर्ष अगाडी एक सभ्य र भव्य समारोहका विच विद्यालयमा १० थान कम्प्युटर लगायतका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहेका भुसालले जिल्लाको शैक्षिक विकासको लागि परदेशीएका युवाहरुको प्रयासको उच्च सम्मान गरेका थिए ।

कार्यक्रममा अभियानका अभियानकर्ता राजु खड्का, समाजसेवी एवं पत्रकार सहयोगी विसी लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक सूर्य वहादुर खनालले विद्यालयको लागि एउटा प्रोजेक्टर आवश्यक परेको भन्दै आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।
Loading...
Share on Google Plus