नेपालमै अत्याधुनिक ‘भिआईपी’ बस सेवा सञ्चालन, बसभित्रै मिनीबार र शौचालय

Loading...
काठमाडौं, असोज १६—काठमाडौं–पोखरा रुटमा अत्याधुनिक सुविधायुक्त भिआईपी बस सेवा सञ्चालन भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत जगदम्बा ट्राभल्सले शनिवार देखि बसभित्रै मिनीबार, शौचालय, वास बेसिन सहितको सेवासुविधा भएको बस सञ्चालनमा ल्याएको छ ।
ट्राभल्सले हाललाई दुईवटा बसबाट सेवा सुरु गरेको गरेको हो । एउटा बसको मूल्य करीब १ करोड रुपैयाँ पर्ने जनाइएको छ । बस ठूलो भएपनि मिनीबार र शौचालय भएका कारण २८ सिट क्षमतामात्र रहेको छ । बसमा यात्रुको सेवाका लागि ‘बस क्रियु’को व्यवस्था गरिएको छ । त्यस्तै निःशुल्क वाइफाइ, पानी, चिया, कफी, जुस र टिभीको सुविधा रहेको छ । साथै‘एसी’ र ‘हिटर’को सुविधा समेत रहेको छ ।
खाजा, चिया, कफी र पानी बसभित्रै प्रदान गरिने भएकाले बाटोमा खाना खानमात्र बस रोकिने ट्राभल्सले जनाएको छ । बसको एकतर्फी भाडादर नेपालीका लागि १ हजार ५ सय र विदेशीका लागि २ हजार रुपैयाँ कायम गरिएको गरिएको छ ।

उक्त बस काठमाडौको कलंकीबाट विहान ११ बजे पेखराको लागि छुट्ने छ भने पोखरा लेकसाइडबाट १० बजे र अमरसिंह चोकबाट ११ बजे काठमाडौका लागि छुट्ने छ ।
Loading...
Share on Google Plus