इटालीमा शक्तिशाली भूकम्पका तीन झड्का

Loading...
काठमाडाैं । मध्य इटालीलार्इ बुधवार शक्तिशाली भूकम्पका झड्काहरूले पटक पटक हल्लाएका छन् । भाैतिक संरचनामा ठूलो क्षति भए पनि कसैको मृत्यु भएको समाचार प्राप्त नभएको रोयटर्सले जनाएको छ ।
दुर्इ दुर्इ घन्टाको बीचमा आएका तीन वटा झड्काबाट एेतिहासिक चर्चहरूलगायत थुप्रै भाैतिक संरचना ध्वस्त भएका छन् । पहिलो झड्का ५.४, दोस्रो ६.१ र तेस्रो ४.९ म्याग्निच्युडको रहेको युएस जुलोजिकल सर्भेलार्इ उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
यस अघि अगस्ट २४ मा आएको भूकम्पबाट इटालीमा ३०० जनाको मृत्यु भएको थियो ।
Loading...
Share on Google Plus