.

गहना धितो राखेर प्रतियोगीतामा गएकी पूजाले जितिन् १० लाख

voice-of-india-runnerupएजेन्सी । भारतको रियालिटी शो ‘द भ्वाइस अफ इन्डिया’ मा फाइनलमा पुगेर उपविजेता बनेकी पूजाले पुरस्कार स्वरुप १० लाख भारतीय रुपैयाँ जितेकी छिन् ।
जसका लागी उनका बा आमाले भएभरका गहनाहरु धितो राखेर छोरीलाई प्रतियोगीतामा पठाएका थिए ।
पूजाका मजदुर बाआमाका लागी छोरीलाई उक्त प्रतियोगीतामा पठाउनु भनेको निक्कै चुनौती र खर्चिलो थियो ।
प्रतियोगीतामा प्रथम भए लगत्तै पूजाले प्रतिक्रिया दिँदै भनेकी छिन् मजदुरी गरेर भएपनि मलाई आज यो स्थानसम्म ल्याई पुराउने यो श्रैय मेरा बा आमाको हो । उहाँहरुलाई म यो १० लाख रुपेयाँ दिएर मद्धत गर्न चाहन्छु ।’
Loading...
Share on Google Plus