धनचौर घटनाका अभियुक्त कारागार चलान,

Loading...
अर्घाखाँची जिल्लाको धनचौर गाबिस वार्ड नम्बर ५ देउरालीबाट घर जान भनि हिडेकी कल्पना भुसालको हत्याकाण्डका दुई जना अभियुक्तलाई मंगलबार पुरपक्षका लागि कारागार चलान गरिएको छ ।   

अभियुक्त धनचौर गाबिस वार्ड नम्बर ५ निबासी ३५ बर्षिय गणेश कुमार भुसाल र उनका ५९ बर्षिय बुवा खेमराज भुसाललाई पुरपक्षका लागि थुनामा राख्ने जिल्ला अदालत अर्घाखाँचीले अादेश गरेको हो । 

त्यस्तै सोहि घटनामा अारोपित चमकला भुसाल तथा कमला आचार्य भुसाललाई एक-एक लाख धरौटी माग गर्ने अादेश भएको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।

असौज १८ गते धनचौर गाबिस वार्ड नम्बर ५ निबासी भिमलाल भुसालकी श्रीमती कल्पना भुसालको हत्या गरेको अारोपमा पक्राउ परेका गणेश र खेमराजलाई अदालतले कारागार चलान गर्न अादेश दिएको हो । अदालतका श्रेस्तेदार महोन प्रसाद बेल्बासेको ईजलासले यस्तो अादेश दिएको गैरेले बताउनु भयो । 

Loading...
Share on Google Plus