अमिताभ वच्चन उत्रिए सलमानको विरोधमा, भने ‘पाकिस्तानी कलाकारमाथी प्रतिवन्ध लगाउनु आजको आवश्यकता’

salman-amitabh-630एजेन्सी । बलीउड अभिनेता अभिताभ वच्चनले सरकारले पाकिस्तानी कलाकारहरुलाई भारतमा प्रतिबन्द लगाउन चालेको कदमलाई स्विकारेका छन् ।

बलीउड चर्चित हस्तीहरु सलमान खान र करण जौहरले सरकारको कदमको विरोध गरेका बेला बरिष्ठ कलाकार अमिताभले भने पाकिस्तानी कलाकारमाथी प्रतिवन्ध लगाउनु आजको आवश्यकता भएको बताएका छन् ।
उनले भनेका छन् हाम्रो सरकार र एशोशियनले जे निर्णय गर्छ त्यो हाम्रो लागि मान्य छ । यदी सरकारले कुनै खास कलाकार विशेषसंग काम नगर्नु भन्यो भने त्यो मान्छौ र गर्दैनौं ।’

यसअघि उनले ट्वीट गर्दै भनेका थिए ‘भारतीय सेनालाई नजिस्क्याउ ।’ तर उनले यसलाई पाकिस्तानमाथिको कटाक्ष नभएको बताउँछन् । उनले भने ‘यो त मेरो फिल्म ‘मेजर साहब’ को डाइलग हो ।’

Loading...
Share on Google Plus