दीपावलीमा यी काम गरेमा घरमा धनधान्य भित्रिन्छ !

Loading...
ganeshएजेन्सी, दीपावली सबैको लागि खुसी लिएर आउने चाड हो। विशेषगरी दीपावलीमा लक्ष्मी गणेशको पूजा गरिन्छ। यदि तपाईले चाहेमा आफ्नो घरलाई धनधान्यले सम्पन्न गर्न सक्नुहुन्छ। त्यही भएर दीपापलीमा लक्ष्मी-गणेशको पूजा अर्चना गर्ने गरिन्छ।
दीपावलीमा केही विधि अपनाउनुस जसले तपाईलाई सम्पन्नता बनाउछ। लक्ष्मी पूजाको दिन पिपलको पात टिपेर घरमा ल्याउनुस्। तर पातमा भने प्वाल, काटिएको वा फाटिएको हुनु हुँदैन। उक्त पातमा ‘ओम महालक्ष्‍म्यै नमः’ लेखेर पूजाको स्थानमा राख्‍नुस्।
यसपछि जब शनिबार आउँछ, तब पातलाई पिपलको रुखमा राखिदिनुस र अर्को पात लिएर पूजा स्थानमा राख्‍नुस्। यो प्रक्रिया प्रत्येक शनिबार गर्दै गएपछि तपाईको घरमा धनको आगमन हुन थाल्छ।
यसका साथै दिपावली आर्थात लक्ष्मीपूजाको राति अलैँची जलाएर त्यसको भस्म बनाउनुस् र देवीदेवतालाई टीका लगाइ दिनुस। यसले तपाईलाई लक्ष्मीको साहारा मिल्छ।
Loading...
Share on Google Plus