.

नेपालको दाङमा अचम्मको घटना : भेट्टाएको पैसा फिर्ता दिन खोज्दा पनि लिन कोही आएन

दाङ, १९ असोज । भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैलेपनि सम्पर्क नगरेपछि दाङमा एक उप-प्राध्यापक समस्यामा परेका छन् । आजको राजधानी दैनिकमा खबर छ– शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्ट नजिकै पोलिथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए ।

 सोमबार साँझ कपुरकोट प्रहरी चेकपोस्ट नजिकै सडकमा पोलिथिनको झोलामा पैसा भेट्टाएँ, उनले भने । यो पैसा कसको भनेर पनि वरपर सोधखोज गर्दा कसैले पनि दाबी नगरेको उनले बताए । दशैंको बेलामा पैसा हराएको मान्छे आत्तिएको होला भनेर पैसा भेट्टाउने वित्तिकै रेडियो प्रकृति र कपुरकोट एफएमबाट सोको जानकारी गराएको बताउँदै उनले भने ‘सूचना जारी गर्दा पनि कोही आएन ।’

 हराएको पैसाबारे भर पर्दा प्रमाण लिएर आएमा प्रहरी र पत्रकारको रोहबरमा सो रकम दाबीकर्तालार्इ दिन आफू आतुर रहेको उनले बताए । -
Loading...
Share on Google Plus