किन खराब केटालाई मन पराउँछन् केटीले

Loading...
bad-boyतपाईलाई लाग्न सक्छ केटीहरुले सुन्दर र व्यवहारमा परिपक्व युवकलाई मन पराउँछन् । असल केटासँग प्रेम गर्न चाहन्छन् । यदि यस्तो सोचेर तपाई असल र व्यवहारिक बन्न खोज्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । केटीहरुले त खराब केटालाई मन पराउँछन् । खराब केटासँग प्रेम गर्न चाहन्छन् । यो एक अनुसन्धानले पत्ता लगाएको कुरा हो । फेरि खराब हुनु भनेको कुनै अपराधिक कार्यमा सामेल हुनु, गुण्डागर्दी गर्नुलाई सोच्नु भएको छ भने तपाई फेरि पनि गलत हुनुहुन्छ । यहाँ त खराब भनेर कुनै उद्देश्य नै नभएको, जीवनको कुनै योजनानै नबनाई भद्रगोल जीवन बिताउँने केटालाई भनिएको हो । जुन केटाहरुले आफ्नो बाहेक अरु कसैको बारेमा सोच्ने गर्दैनन् ।
असल केटाहरुले आफ्नी प्रेमिकालाई कसरी खुशी बनाउँने, कसरी श्रीमतीका आवश्यकता पुरा गर्ने, कसरि उसप्रति आफ्नो माया दर्शाउँने भनेर हर समय प्रयत्नरत हुन्छन् । तर, केटीहरुले यस्ता केटालाई मन नपराउँने एक अध्ययनले देखाएको हो । केटीहरुले घमण्डी र सन्की, हाइफाइ देखाउने खालका केटीहरुलाई अधिक मन पराउँने तथ्य सार्वजनिक भएको हो ।
केटीहरुका यस्तो बानीलाई लिएर थुप्रै प्रकारका अनुसन्धनहरु गरिएका छन् । मानव व्यवहारको अध्ययन गर्न केही शोधकर्ताहरुका अनुसार महिलाहरुलाई खरब केटाहरुलाई सुधार गर्न सकिन्छ भन्ने लाग्ने गरेको बताएका छन् । खराब केटालाई सुर्धादा केटीहलाई ठूलो आत्म सन्तोष प्राप्त बताइएको छ । तर, केटीहरुले गरेको यस प्रकारको माया दीर्घकालीन नभइ क्षणिक हुने हुने र उमेरको परिपक्वतासँगै उनीहरुले इमान्दार र असल केटा मन पराउने गरेको पनि बताइएको छ । केटीहरु प्रेम गर्ने समयमा त्यस प्रकारका केटा रोजे पनि विवाह गर्ने बेला भने आफ्नो भावनालाई प्राथमिकता दिने केटाहरु खोज्ने गरेको अनुसन्धानले बताएको छ ।
Loading...
Share on Google Plus