.

किमजोंग ज्वाईंको खोजीमा, बहिनीका विवाहका लागि राखे यस्ता शर्त

kimउत्तर कोरियाका तानाशाह किम जोंग उन पहिलो पटक कुनै लोकतान्त्रिक तरिका अपनाउँदै छन् । आफ्नी २९ वर्षीय बहिनी किम यो जोंगको विवाहको लागि उनले ज्वाईंको खोजी गरिरहेको स्रोतले बताएको छ । बहिनीले छानेका पुरुषहरुमध्ये कुनै एकलाई आफ्नो जीवनसाथी छान्ने स्वतन्त्रता उनलाई दिइएको छ । तर, यो त्यति सजिलो पनि छैन किनभने यो विवाहका लागि किम जोंगले थुप्रै शर्तहरु राखेका छन् । उनले बहिनीको विवाहका लागि एउटा प्रतियोगिता शैलीको कार्यक्रम आयोजना गर्ने भएका छन् । बहिनीको विवाहको खबरलाई news.com.au मा प्रकाशित गरिएको छ । अहिलेसम्म किम जोंग आफैले ३० अविवाहित पुरुषहरुलाई उक्त प्रतियोगिताबाट आउछ गरिसकेका छन् ।
किम जोंगकी श्रीमती थिइन् चीयरलिडर, उनको सुन्दरतामा भएका थिए मुग्ध
स्रोतका अनुसार किमले आफ्नो हुनेवाला ज्वाईं किम इल सुंग युनिभर्सिटीबाट स्नातक गरेको हुनुपर्ने बताएका छन् । यसका साथै उनको उचाई ५ फिट १० इन्च हुनुपर्ने पनि शर्तमा उल्लेख छ ।
हेर्दा निकै आकर्षक र सेनाको जागिरे हुनुपर्ने अर्को शर्त उनले राखेका छन् । २९ वर्षीय किम जोंगकी बहिनीलाई उत्तर कोरियाको शक्तिशाली महिलाको रुपमा हेरिन्छ । उनलाई भर्खरै वर्कर्स पार्टीको सेन्ट्रल कमिटिको सदस्यसमेत बनाइएको छ ।
सन् २०१२ मा पनि किम जोंगले बहिनीको लागि यस्तै प्रकारको विवाह गर्ने घोषणा गरेका थिए तर त्यतिबेला किम जोंगले जस्ता शर्त राखेका थिए त्यसमा कोही पनि सफल हुन सकेन । चार वर्ष पछि उनले पुनः बहिनीको विवाहको गर्ने घोषणा गरेका छन् ।
Loading...
Share on Google Plus