लोकमान प्रकरणः नेमकिपाले संसदमा सोध्यो दर्जनौं अनुत्तरित प्रश्न

Loading...
९ कात्तिक, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति देखि उनलाई फाल्ने तयारी सम्ममा भारतको प्रभाव रहेको भन्दै विभिन्न फेहरिस्त संसदमा प्रस्तुत गरेको छ ।

प्रचण्ड-ओलीलाई गगनको प्रश्न- हामी को सँग हारेको हो ?

महाअभियोग प्रस्ताव सम्बन्धि छलफलमा सहभागी हुँदै मजदुर किसान पार्टीको सांसद अनुराधा थापाले प्रश्न गरिन् “अख्तियारले एमाले र माओवादीका नेतालाई पत्र काट्नु र लोकमानविरुद्ध एमाले र माओवादी केन्द्रले मिलेर महाभियोग दर्ता गर्नु संयोग मात्रै हो ?”
anuradha thapa
उनले लोकमानलाई नियुक्त गर्दा देखि नै भारतीय दुताबासबाट खेल भएका र ‘माओवादी र एमालेका ठूला माछा’लाई पत्र काटेपछि लोकमान र नेताहरुबिच भारतीय दुताबासमा संयुक्त भोज भएको आरोप पनि उनले लगाइन् ।
गच्छदारको पार्टीले भन्यो- महाअभियोग प्रस्तावमा समर्थन छ तर…
लोकमानलाई नियुक्त गरेपछि नेताहरुले जवाफ दिन नसकेर पछाडिको ढोकाबाट भागेको स्मरण गराउँदै उनले अर्को प्रश्न गरिन्, “लोकमान सिंह कार्की भारतबाट परिचालित भए उनलाई नियुक्त गर्ने नेताहरु कहाँबाट परिचालित ?”
महाअभियोग घनचक्करः यी नेतालाई प्रयोग गरेर प्रचण्ड-ओली रणनीति असफल पार्दै भारत
अनुराधाले यी प्रश्न गरिरहँदा संसदमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मलिन मुद्राम देखिएका थिए ।
Loading...
Share on Google Plus