काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको हायस नवलपरासीमा दुर्घट्नामा परेको छ ।

Loading...
काठमाडौंबाट बिहान सन्धिखर्कको लागि छुटेको बा २ ख २०४१ नम्बरको हायस र बुटवलबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस एक आपसमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा जुद्धा कम्तीमा पनि १० जना घाइते भएका छन् । घाइते हुनेमा सबै अर्घाखाँची जादै गरेका हायसका यात्रु रहेका छन् ।

घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरी बताएको छ । चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । साथै घाइते हुनेहरुमा अर्घाखाँचीका कृष्ण रायमाझी र अंकित पन्थीको नाम खुलेता पनि अन्यको परिचय अहिले सम्म खुल्न सकेको छैन । दुर्घटनामा हायस चालक  गम्भीर घाइते भएका छन् ।     


यस्तै घाइते मध्ये पाँच जनाको दलदले स्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ। दशै मनाउन घर जादै गरेको अवस्थामा उनिहरु दुर्घट्नामा परेका हुन् ।       

Loading...
Share on Google Plus