.

यूएईमा नेपाली मजदूरलाई काेठामा थुनेर कुट्ने नमस्ते रेष्टुरेन्टका मालिक सुजनकाे असली रुप

sujanके.बी. गुरुङ
दास प्रथाले संसारबाट अझै बिदा लिएको छैन र अझै लिने अबस्थामा पनि छैन । धनि र गरिब बर्गको अस्तित्व रहँदासम्म दास प्रथाको अन्त्य पनि नहुने सामाज शास्त्रीहरुको विश्लेषण छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको परिभाषाअनुसार कसैलाई उम्कन नदिने परिबन्ध भित्र तलव नदिइ काममा लगाउनु दास बनाउनु हुन्छ ।
अमेरिकामा अब्राहम लिंकनले दास प्रथाको उन्मुलन गरेका हुन् । बेलायतमा स्लेभ ट्रेड एक्ट अफद्वारा सन् १८०७ मा दास उन्मूलन गरिएको मानिन्छ । नेपालमा चन्द्रशमशेरले दास उन्मुलनको घोषणा गरेका थिए । तर त्यस्तै एउटा दृश्यले दास उन्मुलन नभएकाे देखाएकाे छ ।
प्रसंग हाे युनाइटेड अरब इमिरेट्सको फुजेराहमा ‘नमस्ते रेस्टुरेन्ट’का नेपाली संचालक सुजन सापकोटाकाे । उनले नेपाली मजदूरहरुलाई निर्घात कुटेको घटना युएईस्थित फुजेरा प्रान्तमामा नेपालीहरुकाे बेइजत गरेका छन् । उनले आफ्नै नेपाली कामदारहरुलाई निर्घात कुटेको भिडियो सज्चारमाध्यममा चाैर्फी विराेध भएकाे छ । उनी भने घटनालाई ढाकछाेप गर्न यूएई र नेपाल दाैडिरहेका छन् । उनकाे मजदूर पिटाइ हेर्दा कुनै चलचित्रकाे काल्पनिक दृश्य जस्ताे छ तर वास्तविक ।
भिडियो सामाजिक संजालमा भारल भयो त्यसपछि सापकोटाले त्यस्तो केहि नभएको र पीडितहरुको सम्पूर्ण हिसाब–किताब र टिकटसहित घर फर्काएको बताएका छन् । तर, पिडितहरु भन्छन् उक्त रेस्टुरेन्टमा काम गरेको दुई महिनाको तलब नदिएपछि कामदारहरु घर फर्कन बाध्य भएका थिए । परिश्रम माग्दा सापकोटाले उल्टै कुटपिट गरेको पीडित मजदूर बताउँछन् । बाँकी रहेको दुई महिनाको तलबसम्म अझै नदिएको पीडितहरुको भनाई छ ।
सञ्चारमध्यममा आएको भिडियोले सापकोटाले नेपाली मजदूर विदेशमा कसरी काममा लगाएको थिए भन्ने कुराको पुष्टि भएको छ । भिडियो हेर्ने सबैले सापकोटाले मजदूरमाथि गर्दै आएको व्यवहारबारे जानकारी पाएका छन् । कामदारको कमीकमजोरी नै थियो भने पनि कानुनलाई हातमा लिएर हातपात गर्नु कानुन बिपरित नै छ । मजदूरलाई कोठामा थुनेर दिएको यातनाले श्रमिकहरुको हक अधिकारका लागि उभिएको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओलाई नै चुनौती दिएको छ ।
यस्तो अमानविय घटना बाहिर ल्याउने पत्रकारलाई विभिन्न धम्की दिएर भिडियो हटाउन लगाइयो । सम्बन्धित निकायले संरक्षण नगर्दा पत्रकार सुजनकै पक्षमा लेख्न बाध्य भए । अपराधिक घटनाहरु प्रमाणसहित बाहिर ल्याउनु पत्रकार काम हो, घटनाको निराकरण गर्ने जिम्मेवारी राज्यको हो ।
त्यसैले म त भन्छु, धन्य छ पत्रकारको कलमलाई, आफुलाई संगिनको धारमा उभ्याएर गलतकाविरुद्ध चल्ने तिनै कलमहरु अन्यायकाविरुद्ध गर्जिने बन्दुकको गोलीभन्दा१० गुणा बढी बलियो बनेका छन् । पत्रकारको कमल नभएको भए मानवियता रद्धीको टोकरीमा पुगिसक्थ्यो । त्यस अर्थमा कलम चलाउने क्षेत्र अत्यन्त संवेदनशील र असुरक्षित पनि छ । सुजनलाई कारबाही होला वा नहोला तर यो घटना बाहिर ल्याएर सबैलाई चिनाइदिएको छ ।
तिनै मजदुर कुट्ने मालिकले केही दिन पहिले ऋषि धमलाको रिपोर्टर्स क्लबमा हाँस्यास्पद पत्रकार सम्मेलन गरेका छन् । यो सम्मेलनले अझ थप उनको नाङ्गो रुपलाई उदाङ्गो पारेर लज्जाको घेरामा उभ्याएको छ, र न्यायको लागि पीडितहरु जुट्नै पर्ने प्रेरित गरेको छ ।
आफुले मजदूरहरुलाई कुटिएकोमा क्षमायाचना नगरेर सापकोटा महाशयले उल्टै भिडियो बाहिर किन आयो ? यो त लुकाउनुपथ्र्यो पो जोडतोडका साथ भन्छन् । उनलाई लागेको छ युएईका केही व्यक्तिहरु सुजन सापकोटाको ब्यबसायमा आँखीरिस गरेर भिडियो बाहिर निकाले नत्र घटना गुमनाम हुन्थ्यो रे, तर ति व्यक्ति को हुन ? किन सुजनको बुरुद्धमा छन् ? भन्नेमा उनको अर्जुन दृस्टी भने छैन ।
सुजनज्युले एउटा लज्जास्पद बयान के दिनु भएको छ, भने यस्ता घटनाहरु युएईमा धेरै घट्ने गर्छन्, अन्य देशका मालिकहरु पनि मजदुरलाई कुटछन् तर मेरो घटनालाई मात्र किन टार्गेट गरियो रे । यस्तो अभिव्यक्ति युएईको कानुन सामु पच्दै नपच्ने कुरा हो, नेपाल जस्तो होइन युएई । सापकोटाले कुन अर्थमा भने मलाई थाहा भएन तर महाशयलाई यस्ता घटनाहरु घट्नु निन्दनीय थियो भन्ने तिर भन्दा पनि अरुले गर्दा मैले गरे, अरुलाई केही नहुने मलाइ मात्र हुने ? भन्ने मानसिक दरिद्रता सुजनमा रहेको छ ।
टेक्नोलोजीको जमानामा प्रमाणको रुपमा भिडियो नै साँची बनेको छ, यति ठुलो प्रमाणलाई बंग्याउने कसरत गर्ने सापकोटाले दुस्साहस गरिरहेका छन् । सापकोटा महासयले भनेझैं युएईमा कुटिने यस्ता अरु घटनाहरु जसरी लुकाइए त्यसरी नै लुकाउन सक्नु भएन । सापकोटाको अमानविय व्यवहार बाहिर ल्याउनु पत्रकारहरुको धर्म नै हो । तर, ऋषि धमलालाई निर्घात कुटाई सामान्य लाग्यो । उनको पत्रकारिता पनि दुनियाले देखेको छ । एउटा मालिकले मजदूरलाई निर्घात कुट्नु धमलालाई सामान्य लाग्यो र उनले रिपोर्टर्स क्लवमार्फत घटनालाई ढाकछोप गर्न ह्विप दिए पत्रकारहरुलाई । यो नै पत्रकारिता भित्रको ठूलो बेइमानी हो ।
भिडियो कसरी बाहिर आयो ? किन आयो ? घटना घट्दा भिडियो खिच्ने को थियो ? यसबारे न धमला चासो राख्छन्, न अरु सम्बन्धित निकाय । समाचार प्रकाशन गरेकै कारण पत्रकारहरुले धम्की र मानसिक नताव भोगिरहँदा पनि नेपाल पत्रकार महासंघ किन चुप लागेको छ, त्यो पनि बुझि नसक्नु छ ।
युएईको दूतावास यति ठूलो अमानविय घटनाबारे अनविज्ञ छ । प्रवासी नेपालीहरुको हक हितका लागि सयौं संघ-संस्थाहरु युएईमा गठन भएका छन् तर उनीहरु पनि चुप छन् । नेपाली मजदूर निर्घात कुटिएको घटना बाहिर आउँदा पनि लाजै नमानी मौन बसेको छन् । बरु सुजनको अमानविय कार्यको युएइमा रहेका थुप्रै स्वतन्त्र व्यक्तिहरु घटनाको बिरोध गरिरहेका छन् । नेपालको मानवअधिकार कहाँ छ ? कानुनको खरिद बिक्री हुने देशमा जे पनि हुन सक्छ । रिपोर्टर्स क्लब जस्तै बिकाउ नभएको भन्न पनि सकिदैन ।
घटना अमानवीय छ । यस्तो घटना सामाजिक संजालमा भाइरल भएपछि कलम चलाउनेहरुले पीडितको न्यायलाई गुमनाम पार्दा सत्य केहो ओकालत गर्नैपर्छ, नत्र धर्म होइन पाप लाग्छ । तसर्थ यो पंतिकार कुनै पत्रकार नभएर एउटा स्वतन्त्र कलम चलाउने व्यक्तिका रुपमा घटनाको निन्दा गर्दै पीडितको पक्षमा कलम चलाउनु आफ्नो धर्म ठान्दछ । सापकोटाको अपराधलाई लुकाउन खोज्नु महाअपराध हो ।

स्रोत- अनलाइनडबली बाट 
Loading...
Share on Google Plus