.

धनचौर घटनाका अभियुक्त सार्वजनिक

अर्घाखाँची जिल्लाको धनचौर गाविस ५ निवासी देउराली बाट घरजान भनि हिडेकि कल्पना भुसालको हत्याकाण्डका आरोपित दुई जनालाई बुधबार जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सार्वजनिक गरेको छ  । 
जिल्लाको धनचौर गाविस ५ निवासि अन्दाजी ३५ वर्षिय गणेश भुसाल तथा गणेसका ५९ वर्षिय बुवा खेमराज भुसाल लाई सार्वजनिक गरेको हो । 
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असौज १८ गते बेलुका देखि हराएकि कल्पनाको हत्या गरेको अभियोगमा निज गणेश र खेमराज लाई अनुसन्धानका लागि हिरासतमा लिएको र अहिले पनि अनुसन्धान भईरहेको बताए । 
कल्पनाको हत्या आफुले गरेको अभियुक्त गणेश भुसालले स्विकार  गर्दै गणेशले भने बाटोमा आफु कल्पना लाई प्रखेर बसेको र कल्पना सामान किनेर देउराली भन्ने ठाउँबाट आउन ढिला गरेको कारण सामान्य बिवाद भएको र आफुले उनलाई  मुर्किले हान्दा कल्पना ढलेर मरेको समेत बताएका छन । 
अभियुक्त गणेस भुसालले आफुले सुनियोजित भन्दा पनि रिषको झोकमा उनलाई हानेको तथा उनको र आफ्नो लामोसमय सम्म  सम्बन्ध रहेको बताउदै घटना घटिसके पछि बुवाको समेत सहयोगमा झिमरुक नदिमा लगेर फालेको पत्रकार सम्मेलनमा आफैले बताएका थिए । 
पत्रकार सम्मेलनमा खेमराज भुसालले भने आफु घटनाका बारेमा अनविज्ञ रहेको बताएका थिए, तर छोराले भने आफुले मारेपछि बावुछोराको सहयोगमा झिमरुक नदिमा लगेर फालेको बताए ।
Loading...
Share on Google Plus