गगन थापालाई रुवाउने जुम्लाकी सन्ध्याको निधन, अन्तिम इच्छा पूरा भएको एक सातामै संसार छाडिन्

Loading...
काठमाडौं, २० असोज । अस्पतालबाट मृत्यु पूर्जा पाएर स्वास्थ्य मन्त्री गगन थापासँग भेट गर्ने इच्छा राखेकी जुम्लाकी युवती सन्ध्या शाहीको बुधबार निधन भएको छ । स्वास्थ्यमन्त्री थापालाई भेट्न उनले पत्र नै लेखेकी थिइन् । जुन निकै चर्चित भएको थियो ।sandhya_gagan-650x416 पत्र सार्वजनिक भएपछि मन्त्री थापा असोज ११ गते सन्ध्यालाई भेट्न उनकै निवास पुगेका थिए । स्वास्थ्यमन्त्री भेट्ने आफ्नो इच्छा पूरा भएपछि सन्ध्याले असोज १९ अर्थात हिजो बुधबार संसार छाडेकी हुन् । जुम्लाका स्थानिय महेन्द्र हमालका अनुसार बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार गरिएको छ । sandhya-shahi-deathजुम्लाकी स्थानीय सन्ध्याको दाहसंस्कारमा जुम्ला र कर्णालीका कैयन सर्वसाधारण पुगेका थिए । उनको निधनमा सिंगो कर्णालीबासी दुःखी रहेको स्थानियहरुले बताएका छन् । यसअघि सन्ध्यासँगको भेटमा उनका पीडा सुनेर मन्त्री थापा भावुक भएका थिए । क्यान्सर रोगबाट पीडित उनले अस्पतालहरुमा विरामीलाई गरिने व्यवहार लगायतका अन्य पीडाका बिषयमा मन्त्री थापासँग गुनासो पोखेकी थिइन् । -दैनिक नेपालबाट साभार
Loading...
Share on Google Plus