.

हिजोबेलुकी आमालाई फोन गरेर “मम्मी म यो दशैमा हजुरको हातको टिका लगाउन आउदैछु भनेको छोराको आज मृत्यु

japanटोकियोमा २८ वर्षका नेपाली युवकको आकस्मिक निधन
स्याङ्ग्जाबाट रोजगारिको सिलसिलामा जापान आइपुगेका दिपक केसिको आकस्मिक निधन भएको छ । स्याङ्ग्जा अर्जुनचौपार-९ केवरे लिडिबाट १० महिना पहिले कुक भिषामा जापान आएका केसी टोकियोको सेतागाया कु गोतोजिमा बस्दै आएका थिए ।
हिजो राती सामान्य अवस्थामा सुतेपछी आज विहान ४ बजे पिसाब फेरेर फर्केको र त्यसपछि नउठेपछि एम्बुलेन्सलाई खबर गरी हस्पिटल भर्ना गरिएको थियो
यसै वर्ष दशैमा घर जाने र विहे गर्ने तयारी रहेका दिपक केसी अत्यन्तै मिलनसार रहेको रेस्टुरेण्टमा मालिक सुक बहादुर केसिले जानकारी गराएका छन । मुटुमा आएको समस्याले रक्तसन्चार प्रकृया रोकिएर मृत्यु भएको टोकियो मेडिकल सेन्टरका डा किमुराले जानकारी दिएका छन ।
jap1
जापानी समय अनुसार विहान १२ः५८ अस्पतालाले मृत घोषणा गरेको छ । हस्पिटलमा एन आर एनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, स्याङ्ग्जा समाजका उपाध्यक्ष सागरमणी भण्डारी, मुक्ती सुबेदि, सुरेश रेग्मी, सुक बहादुर केसि, गुप्त बहादुर खत्री, रबिन केसी उपस्थित भएका थिए ।
टोकियोको गोतोकुजीको केसी रेस्टुरेण्टमा काम गर्दै आएका दीपक केसिको पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको र जापान आएको ऋणसमेत नतिरेकोले सहयोगको लागि आग्रह गरिएको छ । जापानवासी नेपालीहरुलाई सहयोगको लागि स्याङ्ग्जा समाज जापानको जेपी बैंकको खाता 10 1 1 0-62286891 セン ザ サマーズ ジャパン (080-3367-2547) मा जम्मा गर्न अनुरोध गरिएको छ ।
see more rangasansar.com
Loading...
Share on Google Plus