गायिका मुना थापाले आफ्नो काले लाई "ए प्रदेशी काले आउनु छिटै घरमा" भनि बोलाइन् (भिडियो सहित)

Loading...
चर्चित गायिका मुना थापा मगर ले आफनो कालेलाई घरमा आउनु भनि बोलाएकि छिन । ए प्रदेशी काले आउनु छिटै घरमा प्रदेशी काले सासु आमा बिरामी छिन बाल बच्चा सानै छन् , बुढा हजुर बाले पनि छिटै घरमा बोलाउ भन्दैछन । माथि उल्लेखित भावहरु समेटिएको यो गित सरस्वती डिजिटल प्रा.लि मार्फत भर्खैर बजारमा आएको छ । बिजय दशैमी तथा दिपावलीको शुभकामना सहित बजारमा आएको यो गित ” ए पर्देशी काले ” खिम के सी परिवर्तनको हो । पर्देशीहरुको कथा व्यथालाई समेटिएको यस गीत मार्फत ऋषि खड्का र मुना थापाको रहेको छ । गित निकै मर्मस्पर्शी बनेको हुनाले २०७३ सालमा सन्चालनमा आएको नयाँ म्यूजिक कम्पनिले पहिलो चोटि पहिलो गीतको अडियो तथा भिडियो सार्बजानिक गर्दा पनि छोटो समयमा नै अत्याधिक सफलता प्राप्त गरेकोछ भन्दै यसै म्युजिक प्रा.लि का ब्यबस्थापक जीबन बि.सी जानकारी दिएको छन । हजारौ पर्देशीहरु , पर्देशमा जाँदा र त्यहाँ गए पछि भोग्नु परेको पिडालाई समेटेर बनाइएको यस गीतको म्युजिक भिडियो पनि उतिकै राम्रो बनाईको छ । यस गीतमा खिम के.सी परिर्बतनको उत्कृट लय रहेको छ भने जीबन बि.सीको शब्द श्रृजना रहेको छ ।
फरक शैलीमा बनाइएको यस गीतको म्युजिक भिडियोलाई निर्देशक बिक्रम चौहानले गरेका छन् । काठमाण्डौको रमनिय स्थल चोभार फर्पिङ लगाएत विभिन्न ठाँउमा छाँयाङकन गरिएको यस गीतको म्युजिक भिडियोलाई छायांकन भने मुकेश हुमागाईले गरेका छन् । अहिलेकी चर्चित मोडल आशा खडका र नव मोडल खिम के.सी परिबर्तनको अभिनयमा रहेको गीतको म्युजिक भिडियोलाई सम्पादन भने मिलन बि.क ले गरेकाछन ।
Loading...
Share on Google Plus