.

अर्घाखाँची हेवी इक्विपमेन्ट व्यवसायी संघको अधिवेशन सम्पन्न, अध्यक्षमा भुसाल

घनश्याम पोडेल ‘परिश्रमी’/अर्घाखाँची / 2073-07-10

हेवी इक्विपमेन्ट व्यवसायी संघ अर्घाखाँचीको दोस्रो साधरण सभा तथा पहिलो अधिवेशन बुधवार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष ताराबहादुर कुवरले हेवी इक्विपमेन्ट व्यवसायीहरु सामाजिक काममा लागेको बताउनुभयो । हेवी इक्विपमेन्ट व्यवसायीहरुले विभिन्न जोखिम मोलेर पनी सामाजिक काममा लागिपरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी लक्ष्मि पाण्डे गौतम, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिब रामबहादुर चौहान, नेकपा माओबादी केन्द्रका सयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, बिप्लप माओबादीका गोबिन्द खनाल, सहायक प्रजिअ नारायण खत्री, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण  प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषि राम अधिकारी, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी लगाएतले इक्विपमेन्ट व्यवसायीले जनमुखि काम गरेको बताउनु भएको थियोे ।

उदघाटन समारोह  अर्घाखाँची हेवी इक्विपमेन्टका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बसन्त राज भुसालको अध्यक्षता महासचिब असोक खनालको सञ्चालन र कबि खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । 


अध्यक्षमा भुसाल 

अर्घाखाँची हेवी इक्विपमेन्ट व्यवसायी संघ अर्घाखाँचीको भेलाले बसन्त भुसालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा काजी श्रेष्ठ, उपाध्यक्षमा कबि खनाल, भेषबहादुर बिसी, महासचिवमा असोक खनाल, सचिवमा खिम प्रसाद श्रेष्ठ र सदस्यमा योगेन्द्र खड्का, बिष्णु बन्जाडे, दिपक आचार्य, श्याम खनाल, बसन्त जिसी, प्रेम पौडेल, मोहन सिंह ठकुरीलाई चयन गरेको छ । 

Loading...
Share on Google Plus