एनटिसीमा अब प्रतिमिनेट ७० पैसामै कल, यसरी लिनुस् सुविधा !

Loading...
 नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा भोली (कात्तिक २५) देखि सुरु हुनेछ ।
Nepal Telicom NTC
यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क भित्रको नम्बर भन्ने हो । एक पटक एसएमएस पठाउँदा एउटामात्रै नम्बर एड गर्न सकिनेछ । अन्य नम्बरहरुका लागि पुन: अर्को एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।
  • सुविधा लिनका लागि FNFSUB*984####### (आफूले चाहेको एनटिसी नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
  • नम्बर परिवर्तन गर्न FNFMOD*984#######* (पूरानो नम्बर) 984####### (चाहेको नयाँ नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
  • लिस्टमा रहेको नम्बर डिलिट गर्नका लागि FNFDEL*984####### लेखेर १४१५ मा SMS गर्ने ।
  • कुन-कुन नम्बर लिस्टमा छ भन्ने हेर्नका लागि FNFINQ लेखेर १४१५ मा SMS गर्ने ।
जीएसएम पोस्टपेडमा भने यो सुविधा पहिलेदेखि नै रहँदै आएको थियो । पहिले तीनवटामात्रै नम्बरमात्रै एड गर्न मिल्ने गरेकोमा अब ५ वटा नम्बरमा नै यो सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ ।FNF Service of NTC
Loading...
Share on Google Plus