ट्रम्पको जहाजभित्र सुनका धारा र सिनेमा हल

Loading...
काठमाडौँ ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै विलासी जहाजमा सयर गर्छन् । बिहीबार न्युयोर्कबाट आफ्नै जहाज चढेर उनी राजधानी वासिंटन झरे र ह्वाइटहाउस पुगे ।
न्युयोर्कबाट वासिंटन प्रस्थान गर्ने क्रममा उनको जहाजलाई पानीको फोहोराले बिदाइ गरिएको थियो । २०११ मा खरिद गरिएको बोइङ ७५७–२०० मा पछिल्लो प्रविधि र उच्चतम साजसज्जा छ। आठ करोड अमेरिकी डलर मूल्यको यो जहाज निर्वाचन प्रचारका क्रममा ट्रम्पको सानको प्रतीक पनि बनेको थियो । ट्रम्पको जहाजमा सुनजडित बाथरुम, पारिवारिक सिनेमा हल छ ।
५७ इन्चको स्क्रिन भएको हलमा ‘उत्कृष्ट हलिउडको स्क्रिनिङ कक्ष’को जस्तै साउन्डसिस्टम जडान गरिएको छ ।  ४३ जनालाई पुग्ने सिटसुविधा छ । प्रत्येक सिटका सिटबेल्टमा २४ क्यारेट सुनको जलप लगाइएको छ । नया पत्रिकाबाट
Loading...
Share on Google Plus