.

तरकारीवाली भाइरल भएपछि यस्तो बन्यो प्यारोडी भिडियो

काठमाडौं, मंसिर ३ – गोरखाकी कुशुम श्रेष्ठको तरकारी बोकेको एक तस्बिर भाइरल भएपछि निकै चर्चामा आइन् । उनलाई देश विदेशका मिडियाले स्थान दिए । उनी सामाजिक सञ्जालमा मात्रै नभई ठूला भनिने टेलिभिजन, रेडियोदेखि पत्रपत्रिकामा छाइन् । उनलाई लिएर अन्तवार्ताहरु धेरै आए । उनको सादगी र सरल स्वभावलाई मिडियाले बिकाउ मसला बनाए भनेर आलोचना समेत गरिएको छ । मोडल बनाउने नाममा छोटो कपडा लगाएको फोटो प्रति धेरैले मजाक र नकारात्मक टिप्पणी समेत गर्न भ्याए । 
यस क्रममा एक टेलिभिजनकर्मीले लिएको अन्तवार्ता निकै आलोचित बन्न पुग्यो । यही चर्चाका बिच फर्सीनेटवर्कले  तरकारीवाली र कार्यक्रम प्रस्तोता माथि व्यङ्ग्य गर्दैै एक प्यारोडी बनाएको छ । 

हेर्नुहोस् व्यङ्ग्यपूर्ण प्यारोडी भिडियो ।

Loading...
Share on Google Plus