शरीरको कुन अंगमा कोठी भए के हुन्छ ?

शरीरको-कुन-अंगमा-कोठी-भए-के-हुन्छ-?प्राय मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुनेगर्छ । कोठीलाई चिकित्सकीय भाषामा छालासम्बन्धी समस्याको रुपमा हेरिए पनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास राख्छ ।
शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ । आउनुस्, आज हामी शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाईन्छ भन्ने जानकारी दिँदैछौं ।
1.नाकमा कोठी भएमा विदेशयात्रा भइरहन्छ ।
2.कानमा कोठी भएमा अल्पआयुको संकेतको रुपमा बुझिन्छ ।
3.बायाँ गालाको कोठीले निर्धन बनाउन सक्छ ।
4.दाहिने गालाको कोठी धनवान हुने संकेत हो ।
5.निधारको दाहिने भागमा कोठी छ भने धन बढ्दै जान्छ भन्ने सोच्नुस् ।
6.निधारको देब्रेभागमा कोठी भए जीवन दु:खमा बित्नसक्छ ।
7.चिउँडोमा कोठी हुनेको स्त्रीसँग मेलमिलापमा समस्या आईरहन्छ ।
8.दायाँ आँखाको कोठीले स्त्रीसँग प्रगाढ प्रेमको संकेत गर्छ ।
9.बायाँ आँखाको कोठी निरन्तर चिन्ताको सूचक हो ।
10.माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक हुन्छन् ।
11.तल्लो ओठमा कोठी हुनेहरुलाई दु:खले कहिल्यै छोड्दैन ।
12.गर्धनमा कोठी हुनेहरुलाई आराम मिलिराख्छ ।
13.दाहिने छातीमा कोठी भए स्त्रीसँग सम्बन्ध भइरहन्छ ।
Loading...
Share on Google Plus