.

धरहरा पुनर्निर्माणका लागि सेनाले जुटायो ६ करोड १७ लाख रकम

काठमाडौं, कात्तिक २२ । वि.स.२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त काठमाडौैंको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी राखेका छन् ।
 
यसै क्रममा सोमबार नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार ७ सय ८२ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सेनाका जवानदेखि उच्च तहका अधिकृतसम्मबाट जम्मा गरिएको रकमको चेक प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले आज एक कार्यक्रममा बीच प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा ‘म बनाउँछु मेरो धरहरा’ नाम दिएर रकम संकलन अभियान सुरु गरिएको थियो ।

यही अभियानलाई निरन्तरता दिँदै सेनाले सोमबार सरकारप्रमुख मार्फत धरहरा निर्माणका लागि रकम प्रदान गरेको हो ।
कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड,पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको उपस्थिति थियो ।
सेनाले प्रदान गरेको चेक बुझ्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाको प्रशंसा गरे ।
source:imagekhabar
Loading...
Share on Google Plus