अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्य पुरस्कृत

Loading...
अन्नपूर्णकर्मी आचार्य पुरस्कृतअर्घाखाँचीमा रहि कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्य कृषि पत्रकारिता पुरस्काबाट पुरस्कृत भएका छन् ।
कृषि क्षेत्रमा उत्कृष्ट समाचार प्रकासन तथा प्रसारण गरेको मुल्यांकन गर्दै नगद पाँच हजार तथा सम्मान पत्रले पुरस्कृत गरेको हो । जिल्लामा रहि १० बर्ष देखि आचार्यले पत्रकारिता गर्दै आएका छन् । बढ्दो बिदेश पलायनलाई रोक्न पत्रकारिताले खेलेको भुमिका महत्वपुर्ण मानिएको छ ।
स्थानीय विकास अधिकारी लक्ष्मी पाडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल , बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेलले पुरस्कार वितरण गरेका थिए ।
अर्घाखाँचीमा तीन जना कृषकले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिबसको अबसरमा जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले आज एक कार्यक्रमको आयोजना गरि तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको हो ।
पोखराथोकका अच्युत गौतम, धारापानीका भेस बहादुर नेपाली र अडगुरीका तारा प्रसाद न्यौपानेलाई नगद १० हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
स्थानीय विकास अधिकारी लक्ष्मी पाडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल , बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेलले पुरस्कार वितरण गरेका थिए ।
Loading...
Share on Google Plus