.

जन्मदिनको दिन गर्न नहुने ७ कामः वर्ष नै खराव हुन सक्छ

ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा ब्यक्तिको वर्ष दिनको कुण्डली तयार हुन्छ। यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनु पर्छ। जन्मदिनको दिन गर्न नहुने ७ काम बारे शास्त्रमा उल्लेख गरिएको छ।
birthday

जन्मदिनमा के गर्नु हुँदैन ?

१ – जन्मदिनको अवसरमा कपाल वा नङ काट्ने काम अशुभ मानिन्छ। जन्मदिनमा नङ र कपाल काट्दा यसले आयुमा नकारात्मक असर पार्ने धार्मिक मान्यता छ।
२- जन्मदिन मनाउँदै हुनुहन्छ भने जीव हत्याबाट बँच्नुस्। जन्मदिनको दिन कुनै पनि प्रणिको हत्या अशुभ मानिन्छ । यसो गर्दा जन्मदिमै श्राप प्राप्त हुने शास्त्रमा उल्लेख छ। जसको असर कुण्डलीमा समेत पर्छ।
३- कुनै योगी वा भिखारी माग्न आएमा अपमान नगर्नुस्। जन्मदिनको दिन यस्ताको अपमान गर्दा कुण्डलीमा नकारात्मक असर पर्ने शास्त्रमा उल्लेख छ। जन्मदिनको दिन दान धर्ममा समय दिनुस्।
४- अधिकाँशले जन्मदिन मनाउँदा मदिरा सेवन गर्ने गर्छन्। यसो गर्दा तपाइँलाई शनिको खतरा पनि बढ्छ । मदिरा सेवन नगर्ने ब्यक्तिलाई शनिको दशाले नछुने शास्त्रमा उल्लेख छ।
५- जन्मदिनको दिन वाद विवाद वा झगडा गर्दा वर्ष भरी नै यस्तो झन्झटमा परिने शास्त्रको विश्वास छ। जन्मदिनको दिन वाद विवाद र झगडाबाट बँच्नुस्।
६- जन्मदिनको दिन तातो पानीले नुहाउनु अशुभ मानिन्छ। जन्मिदनको दिन विहानै गंगाजल वा अन्य पवित्र जलले स्नान गर्नुस्। यसो गर्दा वर्षभरिको कुण्डलीमा सकारात्मक प्रभाव पर्ने ज्योतिष शास्त्रको भनाइ छ।
७- जन्मदिनमा बाबु आमाको अपमान गर्नु सबैभन्दा खराव मानिन्छ। सके सम्म जन्मदिनको विहानै बाबु आमाको आशिर्वाद लिनुस्। यो दिन बाबु आमाको अपमान गर्नेको कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ।
Loading...
Share on Google Plus